शुक्रबार, भदौ २७, २०८२

चुच्चे नक्सा नसमेटिएको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

 

काठमाडौँ । हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगर प्रमुख बालेनले ५ दिने चीन भ्रमण रद्ध गरेका छन् ।

बिहिबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि नै तय भएको चीन भ्रमण नैतिकताका आधारमा रद्ध गरेको बताएका छन् ।

मेयर बालेनले फेसबुकमा लेखेका छन्– ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई  चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?