शुक्रबार, भदौ २७, २०८२

भारतविरुद्ध नेपालले प्रहार गर्ने प्रत्येक छक्काबापत एक लाख दिने अर्ना बियरको घोषणा

 

अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत भोलि (सोमबार) भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।यती ब्रेवेरीको उत्पादन अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने भारतविरुद्ध खेलमा नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ दिने जनाएको हो । जुन खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?