बिहिबार, भदौ २६, २०८२

शुभकामना

 

जानकी बी.सी कोचिनबाट

स्वागत गर्छौ जनतालाई तिजको भाकामा
२०८० को शुभकामना (३)

कसरी सुनाउ साथी देश बेदना झनै अझै कसियो अन्यायजन्जाल (३)

जनतालाई पिरालो दिनदिनै बढदै छ महंगी चुलिएर आकाश छुदै छ (३)

अत्याचारले गरिबका झुप्राहरु तडपिए सहरभरी नेताका महल टल्किए  (३)

फेरि पनी हुकुमी शाषन चल्दैछ जनताका अधिकार कुल्ची हिड्दैछ  (३)

जनतालाई भरेंग बनाइ सरकार बनाए हक माग्दा जनतालाई गोली बर्साए  (३)

देशको तस्बिर कस्तोहोला संबिधानमा बनेन अन्याय र भष्टाचारको शाषन हटेन  (३)

उठ्नु पर्यो किसान ज्यामी मूल प्रबाहमा जुटेर मास्नु पर्छ देशका बैरी जनता मिलेर (३)

देशको माटो जोगाउन सयौ फुल फूलाउन नयाँ नेपाल निर्माण गरी संसार चिनाउन  (३)

स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८० को शुभकामना (३)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?