
आफू भोकै पेट बसेर पनि
सन्तानलाई खाना खुवाएको
समयसंगै त्यो आसाको किरण हराएछ
अनेकौ सपना देखाउने छोराले
आफ्नै आमालाई भुलेछ ।
अनेक सपनाहरू थिए त्यो छोरा माथी
छोराको खुसीको लागि मन्दिर जान्थिन
हरेक बिहान दिउँसो राती
त्यहि छोरा आज आमा भन्दा ठुलो भएछ
आज तिनै आमालाई बोझ ठानेछ।
आमा हुन् देवता भगवान सधै पुज्ने गर
पाइदैन खुसी अन्तै तिमिले बुझ्ने गर
खुसीको लागि दिनदिनै मन्दिर धाउछौ
आमालाई भने हरेक दिन रुवाउछौ
अनि
स्वर्गको कल्पनामा सधै रमाउछौ।
त्यो दिन तिमिले भुलिसकेछौ आज
जब तिम्रो आमाले तिमी बिरामी हुँदा
दिनरात जागेर तिमिलाई निको बनाएको थिइन्
तिम्रो सफलतामा धेरै रमाएकि थिईन
सधै आमालाई भगवान मान्ने त्यो
सन्तानले आज ती महान आमा भुलेछ।
आज त्यो छोरा बुबा बनेको छ
आफ्नो स्वास्नीको लहलहिमा लागेर
आमालाई हेला गरि आश्रममा लगेर छोडी
यस आराम गरेर बसेको छ
आफ्नो जन्मदिने आमालाई चटक्कै बिर्सेछ
नालायक छोराले आफ्नो आमा भुलेछ।
जिउँदै रहदा सेवा गर आमाको
मरेर गएपछी रोएर काम छैन
यदि पाप गरे आमा माथी
स्वर्गमा बास तिमिलाई मिल्दैन
यहि भन्छु सबैलाई ख्याल गर्ने गर
आमाबुबा देवता हुन् सधै पुज्ने गर।
कबि : अनिल थापा क्षेत्री
स्थान : झिम्रुक २ प्युठान ।