शुक्रबार, भदौ २७, २०८२

महेन्द्र मा बि खलंगाको २३ औ अभिभावक दिवस तथा सामाजिक परीक्षण २०७९ सम्पन्न

महेन्द्र मा बि खलंगाले २३ औ अभिभावक दिवस तथा सामाजिक परीक्षण २०७९ सम्पन्न गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिबराज पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सहायक प्र अ बिष्णु पौडेलले सामाजिक परीक्षण प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्रधानाध्यापक पिताम्बर पौडेलले विद्यालय प्रतिवेदन र आम्दानी खर्च प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक ध्रुव गिरीले गर्नुभएको थियो । सबै प्रतिवेदन उपर ब्यापक छलफल गरि रचनात्मक सल्लाह सुझावसहित सबै प्रतिवेदन सर्वसहमतबाट पारित भएको थियो कार्यक्रममा बिद्यालयका विद्यार्थीहरुले उत्कृष्ट गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

शिक्षक
ध्रुव गिरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?