शुक्रबार, भदौ २०, २०८२

हैदराबादमा तिजि कार्यक्रम भब्य र ऐतिहासिक रुपमा सम्पन्न

 

रामप्रसाद पौडेल ,हैदराबाद,भारत दिनान्क 17/9/23 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,मध्य दक्षिण क्षेत्रीय महिला बिभागको आयोजनामा प्रगतिशील तिजि कार्यक्रम रास्ट्रीयता र गणतन्त्र को रक्षा गरौं ,संघीयता र MCC को खारेज गरौं ,भन्ने नाराका साथ हैदराबादमा सम्पन्न भएको छ। कार्यक्रम मा प्रमुख बक्ता मूलप्रवाह का केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो।उहाँ ले सम्बोधन गर्दै तिजि कार्यक्रम को ऐतिहासिक पक्ष ,बर्तमान मा तिजि कार्यक्रम लाई मौलिकता भन्दापनी विभिन्न कुरिती र कुसंस्कार लाई अगाल्दै छाडा र बिकृती सृजना गर्ने प्रकारले दर खाने नाममा ठुला ठुला होटेल हरु बूक गरेर व्हिस्की र बियर खाने ,गर गहनाले झपक्कै भएर प्रतिस्पर्धामा उत्रने गतिविधि ले महिलाहरुको अधिकार र स्वतन्त्रता प्राप्त भएको ठहरिदैन,बरु महिला हरुले हक अधिकार प्राप्त गर्नको लागि बरु सचेत र संगठित हुनुपर्ने आबस्यकता औंल्याउनु भयो।अहिले पुजीवादी संस्कृति ले बिक्षिप्त बनाएको हाम्रो मौलिकतालाई जोगाउदै बुर्जुवा होइन प्रगतिशील संस्कृति को बिकास गर्दै अगाडि बढ्न सक्यौं भनेमात्र बास्तबमा महिला मुक्ती आन्दोलन को बिकास गरेर लैजान सम्भब हुनेछ भन्नुभयो ।अहिले हाम्रो देशको रास्ट्रीयता र 6 दशक लामो सङ्हर्सको बलिदानाबाट प्राप्त भएको गणतन्त्र माथी खतरा निरन्तर रुपमा रहिरहेको अबस्थामा यसलाई जोगाउन पर्ने र यसको जगमा टेकेर नै अगाडिको कार्ययोजना बनाउदै अगाडि बढ्नुपर्ने मा कतिपय आफुलाइ क्रान्तिकारी भन्नेहरु राजाबादी कै स्वरमा गणतन्त्र सिद्धाउन लागिरहेका छन तर उनिहरुको न कार्यनीति छ म कुनैप्रकारको रणनीति नै,केबल बिरोध का लागि मात्र बिरोध गर्ने उनिहरुको उद्ध्योग चलिरहेको छ ,यो धेरैबेर टिक्न सक्ने छैन भन्नुभयो ।त्यसैगरी हाम्रोजस्तो सानो देशमा संघीयता टिक्न नसक्ने र यसलाई कुनैपनी हालतमा खारेज गर्नुपर्ने बताउनुभयो ,अमेरिकी साम्राज्यबाद ले आफ्नो सामरिक स्वार्थ पूरा गर्न ल्याएको mcc सदनबाट पारित गरिनु ठूलो बिडम्बना हो ,यसले रास्ट्रघात गर्दछ किन भने एउटा अमेरिकी कम्पनिको कानुन सार्बभौमसत्ता सम्पन्न रास्ट्रको कानुन भन्दा माथी हुनु सिधा स्वाधीनता माथिको आक्रमण हो भन्नुभयो।कार्यक्रम मा केन्द्रीय सदस्य फुल्बीना पौडेलले महिला हरुले परंपरागत प्रकारबाट नभै प्रगतिशील तरिकाले तिज लाई बुझ्न सक्यौं भनेमात्र तिजको बिकृती लाई रोक्न सक्नेछौ भन्नुभयो।कार्यक्रममा मूलप्रवाह का केन्द्रीय प्रतिनिधि के रतन सिंह ,क्षेत्रीय कोशादक्ष घनश्याम शर्मा,सदस्य राजु दुलाल,रक्तिम केन्द्रीय बिभाग कि माया थापा,रक्तिम क्षेत्रीय बिभाग कि सम्योजक कृष्ण कुमारी बिक,महिला उत्तर नगर बिभाग कि सम्योजक बिजुला शर्मा,दक्षिण महिला बिभागकी सम्योजक गुमा राना,बिद्यार्थी क्षेत्रीय बिभाग कि सदस्य प्रीयान्का बिक ले आतिथ्यता ग्रहण गर्नुभएको थियो। कार्यक्रम को सन्चालन गङा कडायत ले गर्नुभएको थियो भने कार्यक्रम को अध्यक्षता महिला क्षेत्रीय बिभाग कि सम्योजक पुस्पा पौडेलले गर्नुभएको थियो।उपस्त्थित जनमानस लाई सबिता पौडेलले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो।

उक्त प्रगतिशील तिजि कार्यक्रम मा महिला अधिकार ,मताधिकार को अधिकार,प्रबासी जीवन मा भोग्नुपरेको कथा ब्यथा,संघीयता को खारेजी ,mccको खारेजी,गणतन्त्र को रक्षा ,समाजमा महिला माथी हुने गरेको उत्पिडन हिंसा आदि बिसयमा गितहरु सृजना गरि प्रस्तुत गरिएको थियो।कार्यक्रम मा जम्मा 13 वटा टोलिहरुले गित र नृत्य प्रस्तुत गरिएको थियो।कार्यक्रम को बिचबिचमा रक्तिमका तिजि गितहरुमा रक्तिमका कलाकारहरुले निर्त्य प्रस्तुत गरेका थिए,जसले कार्यक्रम को उत्साह अझै बढेको थियो।महिला क्षेत्रीय बिभाग,उत्तर नगर बिभाग,दक्षिण महिला बिभाग,सापुरनगर एरिया ,हैदरनगर एरिया ,सैनिक पुरी एरिया ,सेकेन्दराबाद ए एरिया ,सेकेन्दराबाद बि एरिया ,नाचाराम एरिया ,कुसाइगुडा एरिया र रक्तिम क्षेत्रीय बिभाग ले तिजि गित र नृत्य प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?