
बुटवल । रुद्रावती बचत तथा ऋण सहकारी सस्था लि बुटवल ८ को १३औँ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको सहकारीको बुटवल ८ सुख्खानगरमा कार्यालय रहेको छ! यस सहकारीमा आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा ४२० जना सेयर सदस्यहरुले आर्थिक कारोवार गरिरहेको तथा सहकारीले आधारभूत मूल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर रहेर कार्य नगरेकोले सहकारी अत्यन्त मजबुत र पारदर्शी रहेको अध्यक्ष चुत्र बहादुर पोडेलले जानकारी गराए। लेखासुपरिक्षण समितिको प्रतिवेदन संयोजक धन बहादुर के सी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण सुवेदी र संस्थागत प्रगति विवरण अध्यक्ष चुत्र बहादुर पौडेलले प्रस्तुत गरेका थिए! प्रतिवेदन उपर ब्यापक छलफल गरि आएका सुझावहरूलाई आगामी दिनमा अनुशरण गर्ने सचिव प्रदिप जी सी ले बताए!
कार्यक्रमको प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस सहकारीले गरेका गतिविधि र आर्थिक कारोबार अत्यन्तै चुस्त र पारदर्शी रहेको भन्दै प्रशंसा गरे! सहकारीले सदस्यहरूको ब्यक्तिगत, पारिवारिक एवं ब्यवसायिक सफलतामा ठूलो मद्दत पुर्याएको भन्दै आफूले लिएको ऋणको ब्याज तथा किस्ता र बचत समयमै जम्मा गरी सहकारीको अनुशासनलाई पालना गर्नुपर्ने बताए!
कार्यक्रमका अतिथिहरू वडा प्रतिनिधि सबिता बि क, प्रगति टोल बिकास संस्थाका अध्यक्ष थमन बहादुर के सी , लेखा समिति संयोजक धन बहादुर के सी, सल्लाहकारहरू ताराप्रसाद पराजुली, चुरा बहादुर थापा, भीमसेन गौतम, राधिका श्रेष्ठ,, संस्थापक सचिव देवेन्द्र थापा लगायतले मन्तव्य राख्नुभएको थियो! बक्ताहरुले पछिल्लो समयमा सहकारीहरुले अनुत्पादनशील क्षेत्रमा घुमाउरो तरिकाले कर्जा प्रवाह गरिरहेकोले उक्त गतिविधिमा सहभागीता नराख्न सुझाव समेत दिनु भएको थियो ।
कार्यक्रममा माध्यमिक तहको परिक्षामा सम्पूर्ण शेयर सदस्यहरुका छोराछोरी मध्येबाट सबैभन्दा उत्कृष्ट नतिजा ल्याउँने शेयर सदस्य जगन्नाथ न्यौपाने र राधिका गौतमका सुपुत्र रबिन न्यौपाने लाई नगद र प्रमाणपत्रले सम्मान गरिएकाे थियो।
सहकारीका अध्यक्ष चुत्र बहादुर पौडेलको अध्यक्षता, उपाध्यक्ष दिल बहादुर थापाको स्वागत र सचिव प्रदिप जी सी को सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो।