
रुपन्देही बुटवल बसपार्क असोज ९ गते । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सडक सांस्कृतिक कार्यक्रम गरेको थियो।। सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको बिरोधमा नेकपाले मंगलबार बुटवलमा मार्चपास तथा सडक सांस्कृतिक कार्यक्रम गरिएको हो।
नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध कार्यक्रमको आयोजना गरिएको नेकपा रुपन्देही इन्चार्ज बिरेन्द्र सीले बताए । जेसिसचोकबाट शुरु भएको मार्चपास नयां बसपार्कमा पुगेर सभा तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै एमसीसी खारेजको बिरोध गर्दै देशमा विदेशी हस्तक्षेप बढेको चिन्ता गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य चिरन पुनले विकाससंग जोडिएर आएको एमसीसीसंगै युद्व जोडिएर आएको बताए । उनले कम्युनिष्ट विचार नहाचाने अमेरिकी साम्राज्यवादबिरुद्व देशभक्त जनता एकजुट हुनुपर्नेमा जोड दिए । उनले एमसिसी आफुहरुले लागू हुन न दिने बताए।
एमसीसी परियोजनाले विकास गर्छ भनेर जनतालाई भ्रममा पारेका कांगे्रस, एमाले र माओवादीले जनबिरोधी काम गरेको आरोप लगाए । एमसीसीको खारेजी र देशमा भएको भ्रष्टाचार तथा बेथितिको अन्त्यका लागि आन्दोलन जारी राख्ने बताउंदै उनले भने – एमसीसी परियोजना मुलुकको हितमा छैन ।
सामना परिवारका संयोजक आरोह सीले विकासको नाममा एमसीसी ल्याएर यो सरकारले विदेशी हस्तक्षेप बढाएको बताए । कांगे्रस, एमाले एमाओवादीका गलत कामले जनतामा राजनीतिक दलप्रति निरासा छाएको बताउंदै आन्दोलन र क्रान्तिप्रनि जनताको चासो घड्दै गएको बताए । एमसीसी परियोजनाले नेपालमा अशान्ति ल्याउने बताउंदै एमसीसीका दलालहरुविरुद्व आन्दोलन केन्द्रित गर्ने बताउंदै उनले भने – एमसीसी नेपालको लागि चाहिदैन ।
लप्सीफेदीदेखि भएको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहु, पाल्पा हुंदै बुटवलमा पनि मार्चपास गरिएको नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले बताए ।
सामना परिवारका कलाकारहरुले हुदैन एमसीसी हुंदैन, जहां टेक्छ अमेरिका त्यहां हाहाकार । संघर्षमा अधि बढौं, हुनेछ भन्थे जनतालाई शुख लोकतन्त्र आएसी, मेरो देश रुंदा तिमी कसरी देशभक्त भयौ र भन्ने जस्ता गीत र नृत्य प्रस्तुत गरेका थिए