
राष्ट्रिय जनमाेर्चा बागलुङले २०८० असाेज ५ गतेदेखि २७ गते सम्म सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियान अन्तरगत २०८० असाेज ९ गते बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचाैर साग्दीमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । प्रशिक्षण भेला कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाले राजनैतिक संरक्षणका कारण भ्रष्टाचार संस्थागत बन्दै गएको बताउदै बिकृती र बिसंगतीकाे अन्त्यका लागि संघर्ष गर्नु पर्ने बताउनु भयाे । अनुदानको नाममा अाएकाे MCC सम्झौताले मुलुककाे राष्ट्रियता गम्भीर संकटमा परेकाेले राष्ट्रियता जाेगाउन अान्दोलन अपरिहार्य बनेको बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य हिरा बहादुर थापा, राजमाे बरेङका अध्यक्ष पुर्ण बहादुर पुन लगायतले प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रममा अखिल नेपाल युवक संघ बागलुङका काेषाध्यक्ष दुर्गा थापा, अखिल नेपाल महिला संघ बागलुङका सदस्य तथा बरेङ गाउँकार्यपालिका सदस्य तुल्सी बस्याल, राजमाे पाल्पाका सदस्य तिलक गाहा, राजमाे बरेङका काेषाध्यक्ष शेर बहादुर पुन लगायतका अातित्थ्यता रहेको थियोे । कार्यक्रम वडा समिति अध्यक्ष पृथ्वी बहादुर पुनकाे अध्यक्षता, सचिव पुर्ण परियारको सञ्चालन र उपाध्यक्ष मन बहादुर पुनको स्वागत मन्तव्य बाट अगाडि बढेको प्रशिक्षण भेलाले टाेल समिति निर्माण साथै सदस्यता बितरणकाे कार्यक्रम बनाएकाे छ ।