शनिबार, कार्तिक २३, २०८२

बागलुङको जलजलामा राष्ट्रिय जनमोर्चाको टोल भेला सम्पन्न

 

आज मिति २०८०असोज ११गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत बडिगाड गाउँपालिका ४ जलजला टोल स्तरीय नम्बर २ काे दोस्रो भेला राष्ट्रिय जनमोर्चा जलजलाका अध्यक्ष बिमल कुमार श्रीसको विशेष उपस्थिति र वयोवृद्ध श्री भिम बहादुर बि.क. को अध्यक्षमा सम्पन्न विशेष भेलाले राष्ट्रिय जनमोर्चा टोल कमिटी गठन गरेकाे छ ।
भेलाले सन्तु थापाको अध्यक्षमा ९ जनाको समिति चयन गरेकाे छ जसमा उपाध्यक्ष कृष्ण बहादुर पुन, सचिव सीता पुन, कोषाध्यक्ष मा फुल कुमारी थापा, सदस्य हरु तिर्ख बहादुर थापा, माया देवी थापा, विनु श्रीस, दिल बहादुर दर्लामी, र भिम बहादुर बि. क. ३ जना सल्लाहकारहरुमा दिल माया, दिलमाया वि.क. र मनिषा थापा रहनुभएको छ।
वडिगाड ४जलजला राष्ट्रिय जनमोर्चा सचिव श्री शेर बहादुर श्रीस ज्युको संचालनमा अगि बढेको भेलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष श्री विमल कुमार श्रीसले प्रशिक्षण दिनु भएको थियो!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?