
शंकर प्रसाद पोख्रेल /कुल बहादुर बगाले ,भारत जालन्धर
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती जालन्धर को आयोजनामा प्रगतिशील तिजीकार्यक्रम २०८० को समिक्षा सम्पन्न भएको छ।सो कार्यक्रममा कुल बहादुर बगाले केन्द्रिय सदस्य धन बहादुर गोर्खाली र महिला केन्द्रिय विभाग कि सदस्य शुष्मा खड्का को आतिथ्यता पछि ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण गरि अगाडि बढेको कार्यक्रममा सरस्वती आचार्य ले पनि समिक्षा विचार राख्नु भएको थियो महिला विभागका दिदीबहिनीहरुले आ- आफ्ना विचार राख्नु भएको थियो।
जस्मा जुना बि. क.,लक्ष्मी थापा, जमुना गाहा इन्दिरा कुँवर, रोशनी बस्याल, सर्मिला सापकोटा, रमा बिष्ट , सन्तोषी थापा, मीना गाहा ,माया के .सी., शान्ता चौधरी , मनिषा छन्त्याल , मन्जु, सरिता एव मूल प्रवाह नगर समिती को तर्फबाट लक्ष्मण के. सी.,तिल बहादुर, थापा रामु बि क र सांस् कृतीक विभागबाट कबिता थापा ले आ- आफ्ना समिक्षा गर्नु भएको थियो भने उठेका विषयहरुमा कुल बहादुर बगाले ले स्पष्टता गर्नु भएको थियो । सो कार्यक्रम को संचालन लक्ष्मण खड्का स्वागत मीना बगाले र अध्यक्षता जितमान थापाले गर्नु भएको थियो! भने कार्यक्रमलाई भव्य र शान्दार रुपा योगदान पुर्याउनु हुने दिदीबहिनीहरु र साँस्कृतिक टोली का कलाकारहरु लाई समेत ५१ जनालाइ कुल बहादुर बगाले धन बहादुर गोर्खाली र शुष्मा खड्का द्वारा संयुक्त रूपमा उत्कृष्टता प्रदशन पुरस्कार प्रदान गरिएको थियो ।