शनिबार, साउन १२, २०८१

सम्मेलन सफल पार्न राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ताहरुको तीव्र रुपमा जमघट

काठमाडाैँ, १७ चैत । राष्ट्रिय जनमाेर्चाकाे चाैथाे राष्ट्रिय सम्मेलनको लागि नेता-कार्यकर्ताहरू तयारीमा जुटेका छन् । यही चैत २४, २५ र २६ गते हुने जनमाेर्चाकाे महाधिवेशनका लागि तीव्र रूपमा तयारी भइरहेकाे जनमाेर्चाले जनाएको छ ।

रूपन्देहीको बुटवलमा हुने राष्ट्रिय सम्मेलनको  लागि देश-विदेशबाट समेत प्रतिनिधि आउने जनमाेर्चाका नेता आनन्द शर्माले बताए । उनले भने, ‘बुटवलमा हुने सम्मेलनको  लागि हामी लागिरहेका छाैँ । अन्तर्राष्ट्रिय समुदायमा रहेका हाम्राे मुल प्रवाह नेपाली एकता समाजहरूबाट समेत प्रतिनिधि आउने तयारी भइसकेकाे छ ।’

राष्ट्रिय जनमार्चाले काेराेनाकाे विषम परिस्थितिलाई मध्यनजर गर्दै र्‍याली, जुलुज नगरीकन महाधिवेशन गर्ने बताएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal