शुक्रबार, मंसिर १५, २०८०

रुपन्देहीमा दर्शक हरुको मन जितेर अगाडि बढ्दै रक्तिमको देउसि भैलो

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल

रक्तिम सांस्कृतिक अभियान रुपन्देहीको प्रस्तुतिमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा रुपन्देहीमा जनबादी देउसी भैलो कार्यक्रम चलिरहेको छ। राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष तथा भैलो समितिका संयोजक टान बहादुर केसीले बताए अनुसार , रक्तिम भैलो भोलिसम्म चल्ने छ।

रक्तिम भैलो अवलोकन गर्ने दर्शकहरूले राष्ट्रियता र जनजिबिकाको पक्षमा आबाज बोलेको भन्दै प्रशंसा गरेको पाइन्थ्यो। जनबादी भैलोमा रक्तिमका पुर्ब कोसाधक्ष तेजेन्द्र थापा,रक्तिम,कलाकार सुमन रोका मगर ,सीता बस्याल लगायतका कलाकारहरुको बेजेड नृत्य रहेको छ। त्यसै गरि कलाकार पुजा एस के, समीर बिक ,मिरा बस्याल लागयत अन्य कलाकारहरू समेत प्रस्तुति रहेको थियो।

रक्तिम भैलोमा राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेल ,प्रदेश सांसद तारा थापा,कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य , राजमो केन्द्रिय सल्लाहकार बद्रे आलाम ,राजमो केन्द्रिय सदस्यहरु इन्दिरा ज्ञावलि ,सरिता जिसि,अखिल नेपाल बुद्धिजिबि संघका सचिबलाय सदस्य दुर्गा खरेल ,अखिल छौठौंका अध्यक्ष देबेन्द्र कुंवर ,सचिब पुरन पोख्रेल राजमो जिल्ला सचिब कृष्ण प्रसाद पोख्रेल लगायतको उपस्थित रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?