शुक्रबार, मंसिर १५, २०८० | Friday 1st December 2023
प्युठानको खवांगमा आमाछोरा मृत फेला परे
झिमरुक पोस्ट
शनिबार, मंसिर २, २०८०
प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका तीन वर्षका छोरा मुस्कान पनि आज मृत अवस्थामै भेटिएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्यूठानका प्रहरी प्रमुख ईश्वर थापामगरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको बताइएको छ।