बिहिबार, चैत्र १५, २०८०

आज दिनभर प्रचण्डको दौडधुप तीब्र देउवालाई भेटेपछि बाबुराम सित पुगे

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सभापति देउवाको निवास बूढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा सभापति देउवा र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको बुझिएको छ। भेटको पुष्टि गर्दै देउवाका स्वकीय सचिव भानु देउवाले कुराकानीका बारेमा केही बताएनन्। ‘खास प्रस्ताव केही रहेनछ, समसामयिक विषयमा कुराकानी भयो,’ भानु देउवाले भने।

माओवादी केन्द्रले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै आएको छ। तर, देउवाले केपी ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएको र जसपाले आफ्नो लाइन प्रस्ट नपारेकोले तत्काल सरकारको नेतृत्व लिन आफू तयार नहुने बताउँदै आएका छन्।

मंगलबार देउवा र प्रचण्डबीच आधाघण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसलगत्तै प्रचण्ड डा. बाबुराम भट्टराईलाई भेट्न पुगेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal