
शंकर प्रसाद पोख्रेल
मंसिर १८, बुटवल ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बिश्वब्यापी रुपमा मनाइएको छ। १९९२ देखि यो दिवसको सुरुवात भएको अपाङ्गता अधिकारकर्मीले बताएका छ्न।
नेपालमा पनि विभिन्न स्थानहरुमा अपाङ्गता दिवस को आयोजना गरि मनाइएको छ।
प्युठानको गौमुखी गाउँपालिकाले अपाङ्गता अधिकारकर्मी तथा र्राष्ट्रिय अपाङ्ग महासंघका लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह के.सी.लाई अपाङ्गता भएका नागरिकको क्षत्रमा उल्लेखनीय काम गरेको भनी दिवसको अवसरमा दोसला र सम्मानपत्रले सम्मान गरेको छ।
प्युठान लगाएत देशभरी अन्तरकृया, सामग्री वितरण, गोष्ठी र्याली लगाएतका कार्यक्रम गरि दिवस कार्यक्रम गरिएको छ।
प्रत्येक वर्ष ३ डिसेम्बरका दिन अपाङ्गता दिवस हुने गर्द्छ।