बुधबार, जेष्ठ २०, २०८३

सधै दुर्गा दाहिना हुदैनन् “-ताराजिसी

नारायण जिसि
बुटवल चैत्र १८ गते ।
लुम्बिनी प्रदेशको साताै अधिवेशन अाजबाट सूरू भएको छ।अधिवेशनमा दलहरूकाे तर्फबाट शुभकामना दिने कार्यसुची अनुसार प्रारम्भ मा बाेल्दै राजमाे प्रदेश सांसद तारा जिसीले सत्ताधारीमाथी कटाक्ष गर्दै सधै कसैका पनि “दुर्गा दाहिना हुदैनन् “अर्कोलाई भनेर खनेकाे खाडल मा अाफै पनि पर्न सकिन्छ,देश र जनतालाई त्यसतर्फ नलैजान ध्यानाकर्षण गराउनुभयाे। अाफ्नाे भनाइ काे प्रारम्भ मा सांसद जिसीले साताै अधिवेशन सफलताको शुभकामनाकाे साथै
नेपाली जनताकाे ६५-७० बर्षकाे संघर्षले संविधान,राष्ट्रियता,गणतन्त्र,धर्मनिरपेक्षता,समावेशी अादी वा संघियता बाहेकका सबै उपलब्धिहरू धरापमा परेको वेला अान्दोलनकाे अाधीबेरी सिर्जना गर्ने सम्पूर्ण अान्दोलनकारीहरू,नागरिक समाज लगायत सर्वोच्च अदालतलाई समेत हाम्रो पार्टी राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट धन्यवाद दिन चाहन्छाै भन्नुभयो ।अर्काे प्रसंगमा
देश र प्रदेशहरूकाे अवस्था राजनैतिक रूपमा अत्यन्त तरल र अस्थिर रहेको हाम्रो पार्टीको विश्लेषणछ। सत्ता टिकाउन विभिन्न पक्षसित गर्न खाेजिएकाे साैदाबाजीलाई कुनै पनि हालतमा सहि मान्न सकिन्न ।विभिन्न प्रकृतिका झुट्टा मुद्दा जुन अास्था र राजनैतिक पूर्वाग्रहका कारण लगाईएकाछन् खारेज हुनुपर्नेमा हाम्रो दुई मत छैन।तर फाैजदारी जस्ता जघन्य अपराधलाई राजनैतिक रंग दिई अपराधीलाई उन्मुक्तिकाे प्रयास न्याय प्रणाली माथिको भद्दा मजाक हाे। सधै कसैका पनि” दुर्गा दाहिना”हुदैनन् अर्कोलाई भनी खनेकाे खाडलमा स्वयं पर्न सकिन्छ अझ देश र जनतालाई त्यस तर्फ नलैजान चेतावनी दिनुभयो । देशकाे अखण्डता र सार्वभौम सत्ता समेतमा खलल पुग्ने प्रकारका शर्तहरू समेत अगाडि सारिएकाेमा सम्बन्धित पक्षमाथि पनि अापत्ती प्रकट गर्नुभयो ।

नेतृ जिसीले सरकारको निरन्तरता र पूर्ण गठन वा गठनको प्रसंग उठाउदै नेपाली जनताले जस्तोसुकै भए पनि पूर्व नेकपा लाई ५ बर्षकाे अभिमत दिएकाहुन्(बत्ती निभाएर वेलेट बक्स साटेर जुन उहाँहरू अाफै एक अापसमा भन्दै हुनुहुन्छ ,कति भैसीका सुकुटी र रक्सी,भुट्का र भतेरले पनि काम गरेहाेला)जेभए पनि सके अझै पार्टी एकता गरेर,नभए संयुक्त माेर्चा वा कार्यगत एकता गररै भए पनि ५बर्षे कार्यकाल पूरा गर्नुस् हाम्रो पार्टीको शुभकामना छ।हैन भने “भिर बाट हाम्फाल्नेलाई राम राम भन्ने हाे काध थाप्न सकिन्न”भन्नुभयो ।

अर्काे विषय विभिन्न समाचार माध्यमबाट MCC पास नहुदै त्यसको ठूलाे हिस्सा रकम सरकारले हिनामिना गरेको सार्वजनिक भएको विषय उठाउदै “धन देख्दा महादेव का तीन नेत्र भनेझैं “नेपालकाे सत्ता चलाउछाै भन्ने नेताहरूको प्रवृत्ति पटकपटक सतहमा अाउने गरेको छ।वास्तविकता केहाे? के सरकारले देशव्यापी बिराेध भैरहेको अवस्थामा पनि नेपाललाई अमेरिका- चीन लगायत शक्तिराष्ट्र काे क्रीडा स्थल बनाउनै खाेजेकाे हाे? सभामुख मार्फत सरकार शीत स्पष्टता काे माग गर्नुभयो ।

प्रदेश सरकारले विकास र सुशासनका जतिसुकै प्रचार र अात्मसंतुष्टी गरेर नथाके काे भएपनि वास्तवमै भन्ने हाे भने जनताले दिएकाे अभिमत खेर गएको सर्वत्र महसुस भएको बताउनुभयो ।

अन्तमा:सरकारकाे विकासको गति यस्तै हाे भने एक सदी सम्म यस्ता प्रयासले जनताका समान्य अावश्यकता सम्म पनि पूरा गर्न सक्ने छैन।कुशासन र भ्रष्टाचार ले सबै क्षेत्रलाई गाजेकाे छ,हाम्रो सुझाव त जतिसुकै राम्रो भए पनि याे सरकारलाई पूर्वाग्रही लाग्नेछ ,तैपनि तपाईंहरू सत्ता मा अजम्मरी हाेईन,”बत्ती निभाएर सधैं जित्न मिल्दैन हाेला?” फेरि पनि जनताकाे अदालतमा जानुपर्छ भन्ने ध्यान दिएर सुबुद्दी पलाअाेस भन्ने सुभिक्षा प्रकट गर्नुभयाे।
अधिवेशनमा राजपा का सन्ताेष कुमार पाण्डे,नेका बाट बीरेन्द्र कुमार कनाैडिया,माअाेवादी केन्द्र का तुलाराम घर्ती मगर र एमाले का भुमिश्वर ढकालले पनि शुभकामना सहित अा-अाफ्नाे भनाइ राख्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal