
सहकारीहरु प्रविधिमैत्री हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जाेड दिएका छन।झिमरुक गाउँपालिकामा संचालन हुन लागेको सहकारीता र काेपाेमिस तालिमको उद्घाटन सत्रमा बाेल्ने बक्ताहरुले उक्तकुरा बाेलेका हुन।
झिमरुक गाउँपालिका भित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकहरुका लागि ३ दिने सहकारीता र काेपाेमिस तालिम झिमरुक गाउँपालिकाकाे सभा हलमा आजबाट शुरु भएकाे छ।
३२ वटा सहकारी बाट ४० जना सहभागी भएको तालिमकाे प्रमुख प्रशिक्षक सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका नवीन मैनाली हुनुहुन्छ ।
उद्घाटन कार्यक्रमकाे अध्यक्षता झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा,ले गर्नु भएको थियाे।
प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही र सहकारी शाखा प्रमुख अरविन्द्र महत क्षेत्री आर्थिक बिकास संयाेजक कृष्णबहादुर जि.सी. ,वाडा नं ५ का वडाध्यक्ष दधिराम पाेखरेल र सहकारी संजाल प्रतिनिधि सरस्वती आचार्यकाे पनि सहभागीता थियाे।
कार्यक्रमकाे संचालन दामोदर उपाध्यायले गर्नु भएको थियाे ।