बुधबार, भदौ २५, २०८२

प्रभात मावि झिमरुक ३ को ४३ औं वार्षिकोत्सबमा झिमरुक गाउंपालिका स्तरीय शिक्षक भलिबल प्रतियाेगिता सुरु

झिमरुक वरिष्ठ संवाददाता ,नारायण जि सि, प्युठान  झिमरुक

प्रभात माध्यमिक विद्यालय झिमरुक गाँउपालिका वडा नं.३ आहालखाेलाको ४३औ वार्षिकोत्सब तथा अभिभावक दिवसकाे उपलक्ष्यमा झिमरुक गाउँपालका स्तरीय शिक्षक भलिबल प्रतियाेगिता शुरु भएको छ।झिमरुक गाउँ पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीकाे प्रमुख आतिथ्यमा रहेकाे कार्यक्रममा झिमरुक गाउँपालिका वडा नंवर ३का वडाध्यक्ष
विशेष अतिथी मिन बहादुर के.सी.रहनुभएकाे थियाे।
विद्यालयका प्रद्यानाध्यापक खोडस बहादुर के ,सी. ले स्वागत भाषण गर्नु भएको कार्यक्रममा अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरजंग एम.सी.ले र संचालन तिर्थराज पाेखरेलले गर्नु भएको थियाे।।प्रतियाेगितामा १५ वटा विद्यालयबाट १२० जना भन्दा वढी शिक्षकहरुकाे सहभागीता थियाे।


आजकाे प्रतियाेगितामा लक्ष्मी मा.वि. बाङ्गेमराेट,अमरसिंह मा.वि.साैतामारे,जनता मा.वि. टिमुरचाैर,सत्य मा.वि.तुषारा,नेशनल वाेडिङ्ग स्कुल ढाँडा,फ्युचर स्टार वाेडिङ्ग स्कुल तुषारा र ज्ञानज्याेति मा.वि. गाेव्दी सेमिफाइनलमा गएका छन।प्रतियाेगितामा क्रमश प्रथमले रु१५००० मेडल र प्रमाण पत्र, दितीयले रु१२०००मेडल र प्रमाण पत्र , र तृतीय रु८००० मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?