शनिबार, साउन १२, २०८१

झिमरुक गाउपालिकामा आज देखि हाट बजार सन्चालन

दीपेन्द्र सुनार प्युठान चैत्र २०
प्युठान अर्घाखाँची र गुल्मी को सङगम स्थल सौतामारे पोखरा छेडा सानिपोखरी प्युठान मा आज देखि हाट बजार सन्चालनमा आएको छ।
झिमरुक गाउपालिकाको लगानी स्वरुप एक लाख रुपैया मा सम्पन्न भएको उक्त हाटबजार वार्ड न १को सौतामारे सानिपोखरिमा शुक्रबार एक कार्यक्रम का बिच हाट बजार शुभारम्भ गरेको हाटबजार ब्याबस्थापन समितिका अध्यक्ष चोप बहादुर बि क ले जानकारी दिए।
सौन्दर्य बोकेको प्युठान अर्घाखाँची र गुल्मी को सङगम स्थल सौतामारे सानिपोखरिमा हाट बजार बिस्तार गर्दा तीन वटै जिल्लाका स्थानिय बासिन्दाहरु हर्सित बनेका छ्न।
उक्त हाटबजार ह्प्ताको सनिबार सन्चालनमा आउदा करिब ५०० घरदुरी लाभान्वित हुनेछ्न ।
उक्त कार्यक्रम लाई शुभारम्भ गर्दै झिमरुक गाउपालिका वार्ड न १का वडा अध्यक्ष धुर्ब्रराज खनालले सौतामारे सानी पोखरिमा हाट बजार सन्चालनमा ल्याउदा अत्यन्तै खुसी लागेको छ। र बजारको भाउले गर्दा उतार चढाब बेहोरेका ग्राहकहरुको समस्या पनि अन्त्री भएको जिकिर गर्नु भएको छ।
साथै उहाले हाट बजार सन्चालन गर्न आबस्याक पर्ने निर्माण का सामाग्री पनि वडाले छिट्टै हस्तान्तरण गर्ने समेत आस्वासन दिनुभएको छ।
हाट बजार ब्याबस्थापन समिति का कसा अध्यक्ष कमान शिह नेपालिको अध्यक्षता झिमरुक गाउपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनाल को प्रमुख आतिथ्यता झिमरुक गाउपालिकाकी कार्यपालिका सदस्री बिस्णु बि क को विशेष आतिथ्यता ,स्थानिय समाजसेवी बाबुराम सुनारको स्वागत मन्तब्य र हाटबजार ब्याबस्थापन समितिका अध्यक्ष चोप बहादुर बि क को सन्चालनमा सम्पन्न कार्यक्रममा ने क पा एमाले झिमरुक गा पा वार्ड न १ का पाटी अध्यक्ष निम ब सुनार , रास्टृय जनमोर्चा वार्ड न १ का पाटी सदस्य बिजय बिक्रम जि सि , झिमरुक गा पा वार्ड न १ का प्राबिधिक प्रकाश जि सि लगायत ले मन्तव्य राख्दै हाट बजार पुर्ण रुपमा दीर्घकालीन सन्चालन भैरहोस भन्दै शुभकामना ब्याक्त गरेका थिए ।
कार्यक्रम मा पत्रकार बिमल पोख्रेल , पत्रकार दिपेन्द्र सुनार , पत्रकार दिपेन्द्र पौडेल समाजसेवी मीन ब बि क , जनचाहना प्रा बि का सिक्षक राम ब बि क , समाजसेवी सुब्बा सुनार , जग बि क लगायतको उपस्थित रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal