
सोमवार, चैत्र १३, २०७९
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता...
प्युठान, चैत्र ९ र्राष्ट्रिय अपाङ्ग...
झिमरुक पोस्ट डटकम नेपालि भाषाको समाचार पोर्टल हो !समाचार ,विचार ,मनोरञ्जन,खेलकुद ,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्धर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी झिमरुक पोस्ट डटकमका प्राथमिकता हुन् !
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : रेसुङ्गा नगरपालिका एक उदिनढुङ्गा
इमेल : jhimrukpost.com@gmail.com
फोन न :9842295277
झिमरुक पोस्ट डटकम को लागि
अध्यक्ष : शंकर प्रसद पोख्रेल
प्रधान सम्पादक :
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा भएको भेटमा नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
भेटमा नेताद्वयले नेकपा (एमाले) मा पछिल्लो समय बढ्दै गएको विवाद र पार्टी नेताहरुमाथि गरिएको कारबाहीबारे धारणा राख्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको, पार्टीको घोषणा र नीति विपरित गएको तथा पछिल्लो समयमा नेताहरुमाथि कारबाही गरेर पार्टीलाई विभाजनको दिशातर्फ लगेको बताउनुभयो ।
एमालेको खनाल–नेपाल पक्षसँग अहिले पार्टी विभाजन गरेर जानसक्ने संख्यात्मक अवस्था छैन । यो अवस्थामा देशभरी नै समानान्तर कमिटीहरु गठन गरेर गतिविधि अगाडि बढाइरहेको छ । वरिष्ठ नेताद्वय खनाल र नेपालले ओली प्रवृतिविरुद्ध आफूहरु समानान्तर समिति बनाएर संघर्ष गर्ने बताउनुभयो ।
त्यसक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पूर्वनेकपाको विघटन र एमाले विभाजनका कारण अपवित्र खालका राजनीतिक गठबन्धन बन्न लागेको भन्दै पूर्वनेकपाका घटकहरुबीचमा कार्यगत एकता गरेर अघि बढ्न सुझाव दिनुभयो । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासँगै धर्म निरपेक्षतामासमेत आँच पुगिरहेको भन्दै सिंहले वामपन्थी शक्तिहरुबीच नै तालमेल हुँदा सकारात्मक परिणाम निस्कने बताउनुभएको थियो ।
‘पछिल्लो राजनीतिक कदमले देश धेरै नै गम्भीर अवस्थामा पुग्ने खतरा बढेको छ । तपाईंहरुले संविधानको रक्षा र राष्ट्रियताको पक्षमा खेल्नुभएको भूमिका प्रशंसनीय छ’ महामन्त्री सिंहले भन्नुभयो, ‘हाम्राबीचमा कैयौं मतभेदहरु छन् । तैपनि राष्ट्रियता र संविधानको रक्षाका लागि हाम्राबीचमा आवश्यकता अनुसार कार्यगत एकता गरेर अघि बढ्नुपर्छ ।’
भेटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओलीका गलत कदमविरुद्ध सम्झौता नगर्न र राष्ट्रियताप्रति कुनैपनि सौदावाजी नगर्न नेपाल–खनाललाई सुझाव दिनुभयो ।
हालै नेकपा (एमाले) मा विवाद बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेको छ । त्यसको जवाफमा नेपाल पक्षले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटीहरु बनाउँदै गएको छ । युगदर्शन