शनिबार, साउन १२, २०८१

प्युठान झिमरुकका  गोबिन्द गिरिले गाउंकै १३ रोपनी जमिनमा रोपे केरा खेति

 

शंकर प्रसाद पोख्रेल , प्युठान ,

प्युठान जिल्ला झिमरुक गाउपालिका वडा नं ८ का समाजसेवी गोबिन्द गिरिले गाउमै केही गर्नुपर्छ भन्ने उदेश्यका साथ ,आफ्नो १३ रोपनी जमिनमा केरा खेती थालेका छन। फाल्गुन १५ गते स्थानीय सय जना जतिको उपस्थितिमा केरा रोपेर उद्घाटन गरिएको गिरिले झिमरुकपोस्टलाई बताय। उनले ३०० थान केराका बिरुवा झिमरुक गाउपालिका ८ टिमुरचौर स्थित ठुलासिममा आफुले कृषि खेती थालेको बताय।

प्युठानको बाङ्गेसाल र  स्थानीय संग बिरुवा किनेर उनले केरा खेती थालेकाछन ।केराका साथै इलायची लगायत अन्य खेति गरेर गाउमै नमुना कृषक बन्ने आफ्नो योजना रहेको सुनाय। गाउंपालिका ,प्रदेस सरकार बाट केही सहयोग पाउनुभयो भन्ने प्रस्मा उनले भने अहिले केही सहयोग कतैबाट पराप्त भएको छैन । आगामी दिनमा खेती गर्दैजादा सहयोग देलान।उनको भनाइ थियो। अहिले आफुले १३ रोपनी जग्गामा करिब दुई लाख पचास हजार  खर्च गरेर केरा खेती थालेको बताय। सिचाइको लागि झिमरुकखोला तिरमा आफ्नो जग्गा  भयकोलेपनि आफुले यहाँ खेती सुरु गरेको उनको भनाइ छ।

अहिले नेपालमा केही हुन्न भन्दै युवाहरू बिदेश पलायन भैरहेको बेला आफू उमेरले पचास पुगेपनी देशमै केही गर्नुपर्छ भन्ने सन्देश छर्नको लागि पनि आफुले कृषि खेती गर्न थालेको उनले बताय।

 

झिमरुकपोस्टका सम्पादक शंकर प्रसाद पोख्रेल संगको कुराकानीमा उनले आफु पहिले सानैदेखिनै समाजलाई प्रगतिशील बाटोमा हिडाल्नुपर्छ भनेर लागेकोलेपनि केही गर्नुपर्छ भन्ने आंटका साथ कृषि खेतिमा हात राखेको बताय।

देशलाई परिवर्तन गर्नुछ भने सरकारले कृषिखेतिमा आमूल परिवर्तन ल्याउने गरि नीति ल्याउनुपर्ने गोबिन्द गिरिको भनाइ छ। सरकार र नेताहरुले भासण मात्र न गरेर व्यबहारमा लागू गर्ने गरि आमूल परिवर्तन ल्याउने गरि ,देश र जनताको पक्षमा काम गर्नुपर्ने गोबिन्द गिरिले झिमरुकपोस्टलाई बताय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal