शनिबार, साउन १२, २०८१

बरेङ गाँउपालिकामा अखिल (छैठौं) भेला सम्पन्न

जेठ १५ बरेङ, बाग्लुङ
अखिल (छैठौं) बरेङ गाउँपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा अखिल (छैठौं)का पूर्व महासचिव भीमलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष कृष्ण आचार्य,अखिल नेपाल महिला सङ्घ जिल्ला सल्लाहकार शर्मा, त्यसैगरी अखिल नेपाल शिक्षक सङ्घका जिल्ला कोषाध्यक्ष कमल प्रसाद शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घ बरेङ गाउँपालिकाका संयोजक प्रशान्त शर्मा, अखिल नेपाल शिक्षक संघ बरेङ गाँउपालिकाका निवर्तमान अध्यक्ष रूपनारायण शर्मा बरेङ गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापा लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। भेला गंगा शर्माको स्वागत मन्तव्य कमला पौडेलको सञ्चालन र सरस्वती शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलाले कमला पौडेलको अध्यक्षतामा २१ सदस्यीय पालिका स्तरीय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा सन्दिप शर्मा, सचिव झरना सुनार, सहसचिव सिर्जना क्षेत्री, कोषाध्यक्ष बिपना आचार्य सदस्यहरू यमुना थापा, सुजन क्षेत्री, सनम पुन दिपु बोहरा, सुरज सुनार रूमा घर्ती राना, लोकबहादुर गिरी, धना थापा, हेमराज ढकाल, मनिषा शर्मा, सपना घम, वर्षा लोहार र मनिष घर्ती मगर रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।सल्लाहकारमा गंगा शर्मा र सरस्वती शर्मा रहनुभएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal