
प्युठान श्री बर्द बहादुर गण खलंगा (आर्मी ब्यारेक )प्यूठानले मनसुनजन्य बिपदको समयमा गरिने पुर्व तयारी उद्दारको नमुना अभ्यास गराएको छ।
मनसुनको समयमा प्राकृतिक विपद, हुनसक्ने धनजन तथा मानवीय क्षतिलाई न्यूनीकरण गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सरोकारवाला हरुलाई जानकारी गराउने उदेश्य सहित पुर्व नमुना अभ्यास प्रदर्शन गरिएको श्री बर्द बहादुर गण खलंगा प्युठानका गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो
बिभिन्न बिपदका घटनामा नेपाली सेनाले उद्दारकोकार्य गर्दै आएको बताउदै प्रमुख सेनानी थापालेमनसुनजन्य बिपदका घटनामा सबैले सीप अवलम्बन गरी तत्काल उद्दार गर्न सजिलो होस भनी अभ्यास गरिएको बताउनुभयो ।
जिल्लामा बाढी पहिरो आगलागी जस्ता जोखिम रहेको र वर्षेनी जनधनको क्षति हुने गरेको भन्दै त्यसको न्यूनीकरण गर्न सेनाले अभ्यासगर्दै आएको उल्लेख गर्नु भयो अभ्यासमा बाढी, पहिरो, डुबानबाट प्रभावितहरूको उद्द्दार उपचार, उद्दारमा स्थानीय सामाग्रीको प्रयोगगर्ने तरिका लगायतको प्रदर्शन गरिएको थियो
नमुना प्रदर्शनीमा नेपाली सेना र शसस्त्र प्रहरीको टोलि सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लाले मनसुनजन्य बिपद प्रतिकार्य तथा पुर्व तयारी कार्ययोजना स्वीकृति गर्नुपर्ने गरि बिपद पुर्व तयारीमा लाग्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहमा समेत आपतकालीन केन्द्र स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्लामा यो वर्षा आगलागीको समस्यासंग जुध्न गाह्रो भएको स्मरण गर्दै सुरक्षाकर्मी बाहेक स्थानीय स्तरमा दक्ष जनशक्ति तयार गर्न आवस्यक रहेको औल्याउँदै त्यसतर्फ सबैले ध्यानदिन आग्रह गर्नुभयो।
कार्क्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी र माण्डबी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाली सेनाले गरेको अभ्यासले नागरिक स्तरमा समेत पुर्व तयारी र उद्दारको ज्ञान हासिल भएको बताउनुभयो । जिल्लामा बर्द बहादुर गणले नागरिकको हितका लागि गरिरहेको कामको प्रशंसा गर्दै एस किसिमका कार्यक्रममा सबै सरोकारवाला निमायले सहकार्य गर्नपर्ने धारणा राख्नु भएको थियो।
माण्डबी गाउँपालिकाको चकचके माडीखोलामा नमुना अभ्यास कार्यक्रम संचालन गरिएको हो।गणले जिल्लामा शान्ति सुरक्षा, बिपद, आगलागीमा प्रमुख भुमिका खेल्दै आएको छ साथै जनसरोकारका सामाजिक कार्यमा सहयोग सहकार्य गर्दै समेत आइरहेको छ।