बुधबार, बैशाख १०, २०८२ | Wednesday 23rd April 2025
मसालको भार्ती संगठन युवक संघ रुपन्देहीको भेला सम्पन्न अध्यक्षमा मिलन पोख्रेल
झिमरुक पोस्ट
शनिबार, असार २, २०८१
शङ्करप्रसाद पोख्रेल, बुटवल ।
अखिल नेपाल युवक सङ्घ रुपन्देहीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष भीमलाल न्यौपानेको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले मिलन पोख्रेललाई सर्वसम्मतिमा जिल्ला अध्यक्षमा चयन गरेको छ ।
नौ पूर्ण, दुई वैकल्पिक सदस्य र तीन सल्लाहकार गरी १४ सदस्यीय उक्त समितिको उपाध्यक्षमा सुरेश आचार्य, सचिवमा लेमप्रसाद बन्जाडे, सहसचिवमा ज्ञानु पाण्डे र कोषध्यक्षमा दीपक बस्नेत रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा पदम पौडेल, अमित ज्ञवाली, पुष्पा भुसाल, नन्दु पोख्रेल तथा वैकल्पिक सदस्यमा ढकबहादुर क्षेत्री रहनुभएको छ । सदस्यको एक स्थान हालालाई रिक्त राखिएको छ ।
भेलाले सल्लाहकारमा ज्ञामुध्वज मल्ल, हरि योगी र गोपाल बन्जाडेलाई चयन गरेको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका नगेन्द्र श्रीनेत, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्त, अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष चन्द्रबहादुर केसी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य विनोद परियार, राजमो नेताहरू गोपाल बन्जाडे, विशाल पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष पोख्रेलले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता हरि योगीले, सञ्चालन मिलन पोख्रेलले र स्वागत ज्ञामुध्वज मल्लले गर्नुभएको थियो ।