शनिबार, साउन १२, २०८१

माधव झलनाथ पक्ष एमाले प्यूठानको अध्यक्षमा भोजविक्रम बुढा चयन

 

 

झिमरुक पोस्ट संवाददाता  प्युठान

माधव झलनाथ पक्ष एमालेले प्यूठानमा कार्यकर्ता भेला शनिवार सम्पन्न भएको छ

भेलाको प्रमुख अथिती एमाले नेता युवराज ज्ञवाली रहेका थिए
उनले भेलालाइ संबोधन गर्दै ओलि प्रबिधी गलत भएको र आफुहरु सबैलाइ मिलाएर लैजाने पक्षमा रहेको कुरा समेत बताए।

माधब झलनाथ समुहको भेलामा एमाले नेता तथा संविधान सभा सदस्य द्वय धन बहादुर रायमाझी हिरा बहादुर केसी, एमाले युवा नेता भोजविक्रम बुढा मगर , इमानसिंह भारती, शोभाराम भण्डारी, लगायत प्यूठानका सबै स्थानीय तहका अगुवा कार्यकर्ता उपस्थित रहेको उक्त समुहले झिमरुक पोस्टलाई बताएको छ।

भेलाले भोजविक्रम बुढाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पक्षले स्वेच्छाचारी र मनोमानी ढंगले अगाडि आफुखुसी बढेको भन्दै माधव झलनाथ पक्षले देशव्यापी भेला तथा समानान्तर कमिटीहरू गठन गर्दै हिनिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal