शनिबार, साउन १२, २०८१

सुनौलो बहुउद्धेश्यिय फर्मको”आलुमिसन”सार्वजनिक सुनुवाई सम्पन्न

 

खुम रायमाझी
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं.९ सानाडेभाका युवाहरु प्रेम बहादुर तंनामी,हिमकर्ण रायामाझी र मिन बहादुर रायामाझीको संयुक्त लगानीमा स्थापना गरिएको “सुनौलो बहुउद्धेश्यिय कृषि तथा पशुपंक्षी फर्म”ले अार्थिक वर्ष २०७७/२०७८को”आलु मिसन कार्यक्रम सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो।
प्रेम बहादुर तंनामीको अध्यक्षता तथा हिमकर्ण रायामाझीको सञ्चालनमा शुरु भएको उक्त कार्यक्रममा प्रमुख अथिती भुमिकास्थान नगरपालिका वडा नं.९ का सदस्य(जनप्रतिनिधी) हुमाकान्त पौडेलको उपस्थित रहेको कार्यक्रममा गाउँका भद्रभलाद्मी,बुद्धिजिवीहरुको समेत व्यापक उपस्थित रहेको थियो।
प्रमुख अथितीको अासनबाट पौडेलले शुभकामना दिंदै युवाहरुले गाउँमा कृषि फर्म खोलेर उदाहरणिय काम गरेको भन्दै यसलाई थप सुदृढ गर्न अावश्यक सहयोग गर्ने प्रतिबद्धता गरेकाछन्।
आलु मिसन कार्यक्रमको वार्षिक वजेट ८६४०२१। रुपैयाँ रहेको जानाकारी फर्मका अध्यक्ष प्रेम बहादुर तंनामीले जानाकारी दिएकाछन्।
त्यस गाउँलाई भुमिकास्थानकै विकट मानिन्छ, जनप्रतिनिधीको नजर जान नसकेको हुँदा उक्त ठाउँबाट सदरमुकाम जोड्ने सडक समेत निर्माण भएको छैन तर युवाहरुले संयुक्तरुपमा कृषि व्यवसाय शुरु गरेपछी गाउँलेहरुलाई पनि आधुनिक खेती गर्न प्रेरित गरिरहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal