शनिबार, साउन १२, २०८१

मसालले दियो पत्रकारहरुलाइ बधाई

पत्रकार महासंघको चुनावमा बिजय परप्त गर्ने पत्रकारहरुलाइ नेकपा मसालले वक्तव्य निकालेर बधाई दिएको छ,साथै बिजय पराप्त न गर्ने पत्रकारहरुलाइ पनि मसालले सहानुभुती प्रकट गरेको छ। नेकपा  मसालका महामन्त्री मोहन बिक्रम सिंहले निकालेको वक्तव्य यस प्रकार छ।

नेपाल कम्युनिस्ट पार्टी(मसाल)
केन्द्रीय कार्यालय
प्रेस वक्तव्य

नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक पक्षका उम्मेदवारहरूको विजयले खाली पत्रकार महासङ्घका लागि मात्र होइन, सम्पूर्ण देशको राजनीतिमा नै गम्भीर अर्थ र महइभ्व राख्दछ । त्यो विजयले देशको राजनीतिमा एउटा महइभ्वपूर्ण दिशानिर्देशन गरेको छ । त्यसैले त्यो चुनावमा विजय प्राप्त गर्ने पत्रकारहरूलाई ने.क.पा. (मसाल) हार्दिक अभिनन्दन गर्दछ । प्रजातान्त्रिक र प्रगतिशील पक्षबाट उम्मेदवार बनेर पराजित भएका उम्मेदवारहरूलाई पनि हामीले बधाई दिन्छौ“, किनभने उहा“हरूले प्राप्त गरेको मतले पनि प्रतिगमनका विरुद्धको मतको प्रतिनिधित्व गर्दछ ।
वास्तवमा आज देश प्रतिगमनका विरुद्धको एउटा गम्भीर वा एक प्रकारले भन्ने हो भने निर्णयात्मक सङ्घर्षको मुखमा उभिएको छ । प्रथमतः असंवैधानिक तरिकाले संसदको विघटन गरियो । सर्वोच्चले विघटित संसदको पुनस्र्थापना गरेपछि पनि ओली सरकारले जबर्जस्तीपूर्वक त्यसलाई विफल बनाउन षडयन्त्र गरिरहेको छ । ओलीको त्यसबाट के स्पष्ट हुन्छ भने सर्वोच्चको त्यो फैसलाबाट ओलीले खाली नैतिक दृष्टिकोणले मात्र प्रधानमन्त्रीबाट राजीनामा दिनु आवश्यक थिएन, बहुदलीय व्यवस्थाको सम्पूर्ण हितको लागि व्यवहारिक दृष्टिकोणले पनि उनको राजीनामा आवश्यक छ । उनले अन्धाधुन्दा प्रकारले जसरी संविधान र बहुदलीय व्यवस्थाका मर्यादा तथा आन्दोलनका उपलब्धि समाप्त गर्ने काम गरिरहेका छन्, त्यसबाट देश प्रतिगमनतिर जाने गम्भीर खतरा देखा परेको छ । त्यस कारणले उनको त्यस प्रकारको अधिनायकवादी र प्रतिगामी कार्यशैलीलाई रोक्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यो दिशामा पत्रकारहरूको चुनावले पहिलो र महइभ्वपूर्ण सन्देश दिएको छ ।
पत्रकारहरूको अहिलेको चुनावको राष्ट्रिय महइभ्व यो कुरामा छ कि त्यो चुनावमा ओलीको प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सबै पत्रकारहरु बिना दलीय भेदभाव एकतावद्ध भएर उभिएका थिए । त्यसकारण उनीहरूको विजय, देशलाई प्रतिगमनका विरुद्ध लैजाने षडयन्त्रका विरुद्धको विजय हो । गत कालमा जबजब पनि देशमा त्यस प्रकारको खतरा उत्पन्न भएको छ, आन्दोलन त्यसरी नै एकतावद्ध भएर अगाडि बढ्ने गरेको छ । त्यसकारण अहिलेको पत्रकारहरूको विजयले प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्न, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतको लागि आन्दोलन अगाडि बढाउन महइभ्वपूर्ण आधार तयार पार्ने छ भन्ने हामीले आशा र विश्वास पनि गरेका छौ“ । हामीले ओलीको अधिनायकवादी र प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सम्पूर्ण राजनीतिक शक्ति, सङ्घसंस्था, नागरिक समुदाय र जनता समेतसित पत्रकारहरूले प्राप्त गरेको सफलतालाई अरू उच्च र मजबुत धरातलमा स्थापित गर्नका लागि अगाडि बढ्न अपिल गर्दछौ“ ।
अन्तमा हामीले के कुराप्रति सम्पूर्ण देश र जनताको ध्यान आकर्षित गर्न चाहान्छौ“ भने अहिलेको स्थिति सामान्य प्रकारको छैन । अहिले देशमा जनताको लामो आन्दोलनद्वारा प्राप्त उपलब्धिहरु समाप्त हुने स्थितिको सिर्जना हु“दै गइरहेको छ, जसमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता समेत पनि आउ“छन् । तिनीहरूको रक्षाको लागि ०४६ साल वा ०६२÷०६३ सालमा जस्तो उच्च प्रकारको आन्दोलनको आवश्यकता पर्न सक्दछ । राष्ट्रियतामाथि पनि गम्भीर खतरा पैदा हु“दै गइरहेको छ । घटनाक्रमले के बताउ“दै गइरहेका छन् भने ती सबैका पछाडि ओली सरकार निमित्त कारण बन्दै गइरहेको छ । जसले उनको कदम र कारवाहीलाई समर्थन गर्दै गइरहेका छन, उनीहरुले देश र जनताको सम्पूर्ण हित भन्दा व्यक्तिगत फाइदाका लागि सत्ताको आडमा लागेको जस्तो नै बढी देखिन्छ । ती सबै आÇनो स्थितिबारे पुनर्विचार गरेर ओलीबाट सम्भावित प्रतिगामी खतरालाई रोक्न सचेत हुनुपर्ने र अगाडि आउनुपर्ने ऐतिहासिक आवश्यकता भएको छ । अन्यथा देश एकपल्ट प्रतिगमनको दलदलमा फस्यो भने हामीले पुनः ५०÷६० वर्ष पहिले जस्तो वा त्यो भन्दा कडा आन्दोलनमा उत्रनुपर्ने आवश्यकता पैदा हुनेछ । त्यस्तो हुन नदिन अहिले पत्रकार जगतले जुन प्रकारको मार्ग प्रसस्त गरेको छ, प्रतिगमनका विरुद्ध एकतावद्ध हु“दै त्यसलाई अनुशरण गर्नुपर्ने आवश्यकतामा ने.क.पा.(मसाल)ले विशेष जोड दिन्छ ।

२०७७ चैत्र २९ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal