शनिबार, साउन १२, २०८१

पुर्व अध्यक्षहरुलाई सम्मान तथा अखिल छैठौं का अध्यक्ष पाेखरेल द्वारा लिखित पुस्तक बिमाेचन हुने

 

रिसव अाचार्य कपिलवस्तु ।अखिल ( छैठौं ) केन्द्रीय समितिको अायाेजना मा छैठौं का बिगत देखि वर्तमान सम्मका पुर्व अध्यक्ष हरुलाई सम्मान गर्ने भएको छ।अागामि नयाँ वर्ष २०७८ साल बैशाख १ गते गर्ने तयारि रहेकाे छ।
भृकुटीमण्डप स्थित नेपाल पर्यटन बाेर्ड काे सभा हल मा कार्यक्रम काे अायाेजना गरिकाे छ। कार्यक्रममा पुर्व अध्यक्ष हरु विश्वकान्त मैनाली ,निनु चापागाईं,लिलामणि पाेखरेल,देव गुरुङ ,टाेपबहादुर रायमाझी ,विन वहादुर कुवर ,परि थापा,हिमलाल पुरी,कृष्ण अधिकारी ,राजेन्द्र ढुंगाना,दुर्गा शर्मा र अनिल किशोर घिमिरे हरु लाई सम्मान गर्ने कार्यक्रम रहेकाे छ।

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसि काे प्रमुख अातिथ्यता मा हुने कार्यक्रममा छैठौं का केन्द्रीय अध्यक्ष बिमल पाेखरेल द्वारा लिखित ” अखिल छैठौंकाे इतिहास ” पुस्तक विमाेचन गर्ने कार्यक्रम समेत रहेकाे छ।
कार्यक्रममा विभिन्न बिद्यार्थी संगठन का प्रमुख हरु लगायत नेकपा ( मसाल ) सम्बद्व जनवर्गीय संगठन का प्रमुख हरु लाई समेत अामन्त्रित गरिएको अखिल छैठौं का केन्द्रीय सचिव सुवास जि सि ले जानकारी दिनुभयो ।
नेपाल पर्यटन बाेर्ड काे सभा हलमा ११ बजे देखि सुरु हुने कार्यक्रम मा अखिल छैठौं काे छैठौं इतिहास संग ,विगत र वर्तमान संग जाेडिनुभएका सम्पूर्ण मा उपस्थित काे लागि अनुराेध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal