प्युठान फुलवारि सामुदायिक सिकाई केन्द्र खैराको आयोजना, लायन्स क्लब अफ फुलबारी प्युठान संगको सहकार्य तथा प्युठान नगरपालिकाको सहयोगमा बार्शिक कार्यक्रम अंतरगत जेष्ठ नागरिक सम्बाद तथा सम्मान कार्यक्रम प्युठान नगरपालिका १ को खैरामा सम्पन्न भएको छ।
कार्यक्रममा प्युठान नगरपालिकाका पुर्व नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अर्जुन कुमार श्रेष्ठले जेष्ठ नागरिकहरु हामी सबैका प्रेणाका स्रोत भएकाले उहाँहरुले देखाएको बाटोमा अगाडी बढ्न आवस्यक रहेको बताउनुभयो उहाँले भन्नुभयो ” पुरानो पुस्तालाई सम्झिने र सम्मान गर्दा हाम्रो पुस्ताले त्यसै अनुसार सिक्ने भएकोले समाजमा यस प्रकारका गतिविधि गर्न जरुरी रहेको बताउनुभयो।
लायन्स क्लब अफ फुलबारी प्युठानका अध्यक्ष निर्मला पोख्रेलले समाज बिकासमा आग्रज तथा हाम्रो अभिभावकहरुको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँहरु संगको सहकार्य र सम्बादले अहिलेको पुस्तालाई अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो।
कार्यक्रममा प्युठान नगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठ, फुलवारि सामुदायिक सिकाई केन्द्रका सल्लाहकार लोक बहादुर बस्नेले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा समाजमा रहेका ८४ वर्षमाथिका १६ जना जेष्ठ नगरिकलाई दोसल्ला र खादाले सम्मान गरिएको सिकाइ केन्द्रका सहजकर्ता तिला बुढाथोकीले बताउनुभयो।
उहाँले पुरानो पुस्ताका अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र पुरानो तथा नयाँ पुस्ता बिचको सम्बन्धले पारिवारिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भएकोले कार्यक्रमको आयोजना गरिएको बुढाथोकीले बताउनुभयो।
जेष्ठ नागरिकहरु आफुहरुलाई सम्झीएर सम्मान गरेकोमा खुसी ब्यक्ति गरेका थिए ।
फुलवारि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नेत्रमणि आचर्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्त्ब्य सचीव छ्न्द बहादुर बस्नेतले गर्नु भएको थियो भने संचालन सहजकर्ता तिला बुढाथोकीले गर्नुभएको थियो।
तिज बिशेश कार्यक्रम सम्पन्न
२०६८ शालमा स्थापन भएको सिकाई केन्द्रले यहि भदौ ७ गते खैरामा तिज विशेष कार्यक्रम समेत सम्पन्न गरेको छ। स्थानीय स्तरमा रहेका फुलवारि एकीकृत ग्रामिण बिकास केन्द्र, त्रिशक्ति महिला बिकास सहकारी र लायन्स क्लब अफ फुलवारि लगाएतका संघसंस्था संगको समन्वय तथा सहकार्यमा तिजगित प्रतियोगिता र विभिन्न खेलको आयोजना गरीएको सिकाई केन्द्रले जनाएको छ। कार्यक्रममा ६ वटा आमासमुहले भाग लिएका थिए ।
सुकाई केन्द्रले नियमित रुपमा अध्यनका लागि लाइबेरी संचालनमा ल्यएको छ भने समुह मार्फत आयआर्जन क्रियाकलाप, शिक्षा सम्बन्धि अभियान, बालबालिकालाई शैक्षिकसामग्री,बीउ बिजन वितरण तथा विभिन्न सिपमुलक तालिम गर्दै आईरहेको सहजकर्ता तिला बुढाथोकीले बताउनुभयो।