शनिबार, पुस ५, २०८२

महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

प्यूठान । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घटस्थापना हो । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलवाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दशैंघरमा विधिपूर्वक राखेर त्यसमाथि जौं (जमरा) रोप्ने गरिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय बस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसाद संगै समृद्धीको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत ९ ः १६ बजे
आज घटस्थापनाको उत्तम साईत विहान ९ः १६ बजे रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal