शनिबार, साउन १२, २०८१

अाेलीलाई बाेकेर हिड्नेहरूलाई काँधथाप्न सकिदैन-केसी

 

नारायण जिसि

बुटवल बैसाख ३ गते।
अाेलीकाे कदम एक पछि अर्काे झन् झन् गणतन्त्र बिराेधी,राष्ट्रकाे हित विपरीत,तानाशाही र स्वइच्छाचारी कदम चालि रहेकोले अाफ्नै काँध गन्हाएपछि अब अगाडि बाेकेर जान नसकिने बताउनुभयाे। वामपन्थी एकता छाडेर नेका समेतको गठबन्धन तिर लागेकाे अाराेप लगाउने हरूले अाेली सरकारले मात्र हैन उनका मुख्यमन्त्रीहरूले पनि अाेलीका प्रत्येक कार्यहरू बाेकेर हिडिरहेका र कहिल्यै पनि राष्ट्रियता,गणतन्त्र,भ्रष्टाचार,विकास अादीमा राेक्नु,राम्रो सल्लाह दिनुकाे सट्टा सरकारका सबै कार्यमा सहयात्री बनेकोले अब पनि देश र गणतन्त्र लाई धरापमा राख्नेहरूलाइ प्रदेशमा समर्थन गर्न नसकिने बताउनुभयो ।यसकाे बिकल्पमा अाउने सरकार सकारात्मक नै हुने छ भन्ने दावा गर्न नसकिए पनि अाेलीकाे प्रत्येक कदम प्रतिगामी दिशामा लक्षित भएको,देश र जनतालाई दुर्घटनामा लैजाने प्रयत्न राेक्नुकाे विकल्प नभएको बताउनुभयो ।

जातीय विभेदले सुरूदेखि गाँजेको हाम्रो समाजलाई कम्युनिस्ट बनाउनु धेरै कठिन भएको इतिहास बताउदै कसरी सुरु बाटै सिकेकाे ज्ञान कुनै न कुनै रूपमा अाज पनि समाजमा निरन्तर काम लागेकाे छ भनी बताउनुभयो। तर क्षणिक सिकाईबाट नेता बन्ने हरूकाे महत्वकांक्षाले कम्युनिस्ट अान्दाेलन कम्जोर भएको तिर पनि अाैंल्याउनुभयो ।
हाम्रो पार्टी सानाे छ भन्नेहरूले अहिले अाफ्नाे स्वार्थ सिद्धी गर्न प्रदेशहरूमा हाम्रै भर परेको र हाम्रो समर्थनले अाफ्ना ठेकेदार, माफिया अादी प्रयाेग गरेर स्वार्थसिद्ध गर्न खाेज्दैछन्। अाफु लाई कम्युनिस्ट भन्ने हरूकाे याे चर्तीकलाले देशको एकता,अखण्डता र सार्वभौमसत्ता मा समेत गम्भीर संकट उत्पन्न गराएकाेले अब पनि काँध थापेर जान नसकिने बताउनुभयो ।
बर्तमान गणतन्त्रले जनताका अाधारभूत समस्या हल गर्दैन तैपनि याे स्थापना गर्न नेपाली जनताको झण्डै १०० बर्षकाे संघर्षकाे परिणाम हाे।राजावादीकाे साथ साथै “वामपंथी”हरूबाट पनि याे गणतन्त्रमाथि लगातार हमला भैरहेको छ।याे गणतन्त्र केहिपनि हाेइन भन्नेहरूले हिजो पंञ्चायती ब्यवस्था मा कसरी जनताका अावाज उठाउदा दुखदिने,सताउने, मार्ने गरेकाे सम्झना हुनुपर्छ । अाज गणतन्त्र काे बिरूद्द बाेल्नेहरूले याे ब्यवस्था समाप्त भए कस्ताे ब्यवस्था अाउछ?हेक्का राख्न जरुरी छ। अाजकाे युवा पिढी राजनीति बाट विमुख हुनु समाजकाे लागि दूर्भाग्य हाे भन्दै हाम्रो पिढी डाँडाकाे जून जस्तै हाे,अवकाे अाशाकाे किरण तपाईं युवाहरू भएकोले जिम्मेवारी बाेध गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।
अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेश समिति र जातीय समता समाज लुम्बिनी प्रदेश समितिकाे ३४अाैं संयुक्त स्थापना दिवस बुटवलमा सम्पन्न भएको छ।
रेशम गुरूङकाे संचालन,टीका विक काे अध्यक्षता र शेर बहादुर सुर्यवंशीकाे स्वागत बाट अगाडि बढेको कार्यक्रममा ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट माैनधारण गरिएको थियोे ।संयुक्त स्थापना दिवस कार्यक्रममा अखिल(छैटौं)का केस सराेजमान सिह,युवक संघका केस हरि याेगी,अनेराउ व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा,अने जनजाति सम्मेलन केन्द्रीय का.वा. महासचिव उषा पुन,जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विकले स्थापना दिवसकाे इतिहास र महत्त्व बारे प्रकाश पार्नु भएको थियोे ।कार्यक्रममा राजमाे केन्द्रीय परिषद सदस्य शुरेश थापा,अनेकि महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी,राष्ट्रिय जनमाेर्चाका केस ईन्दीरा ज्ञावली,नारायण जिसी र लुम्बिनी प्रदेश काेषाध्यक्ष गणेश गाैतम,जातीय समता समाजका पूर्व केन्द्रीय अध्यक्ष दसल बहादुर विक,जनप्रतिनिधि दिल प्रसाद नेपालीकाे पनि अातिथ्यता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal