शनिबार, साउन १२, २०८१

ढोरपाटन यात्रा एक संझना :संकर प्रसाद पोख्रेल

 

बागलुङ जिल्लाको एक चर्चित नाम हो ढोरपाटन ,तर म अहिलेसम्म त्यो ठाउमा गएको थिएन ।
बरुनधोज मल्ल र मेरो सल्लाह बन्यो अहिलेको नयाँ वर्षमा ढोरपाटन घुम्न जाने,बागलुङका साथी मिलन हमाल ,र निरज बिक्रम साहिको निमन्त्रणामा नै भन्नुपर्छ हामी ढोरपाटन यात्रामा जानी सल्लाह भयो।

म गुल्मिको तम्घास बस्ने भएकोले बरुनधोज मल्लले भोलि बिहानै खान तम्घास आउने कुरा गर्नुभयो ,तर अर्कोदिन उहाँको मोटरसाइकल बिरामी परेछ, एउटा मोटरसाइकल बाला साथी जोहो गरेर बरुनधोज मल्ललाई लिन प्युठान उहाँको घर पठाए ,अनि म र बरुन धोज मल्ल भएर गुल्मिको सिमलटारी बाट तिन बजे बागलुङ झिवाखोलामा कामरेड मिलन हमालको घर बस्ने सल्लाह गरि निस्केयौं ,

कारिब दुई घन्टा हिनेपछी नेकपा मसाल बागलुङ जिल्ला प्रवक्ता बस्ने थलो खार बजारमा पुगेपछि कामरेड रुममाया थापाले ज्युले न्यानो स्वागतका साथ चिया बनाएर दिनुभयो ,चिया पिएपछी हामी बागलुङको बुर्तिबाङ बजार तर्फ अघि बढेयौं ,अखिल छैटौंका पुर्व बागलुङ जिल्ला अध्यक्ष इन्द्रमणि पान्डेले फोन गरेर आफू नजिक न भएको पोखरा भएको कुरा राख्नुभएको थियो,त्यसपछि हामी बुर्तिबाङ बजार हुँदै निसिखोला तिर लागियो ,मध्य पहाडी राजमार्ग भएकोले झिवाखोलामा बाटो पिच भएको रहिछ।
झिवाखोला पुगेपछि जुन बिक्रम साहि भेट हुनुभयो ,त्यसपछि क्रमस मिलन हमाल ,लोकेन चन्द,लगायतका साथीहरू भेट हुनुभयो रमाइलो गफगाफ भयो ,भोलि बिहानै ढोरपाटन जाने सल्लाह अनुसार हामी साथी जुन बिक्रम साहिको घर गयौं ,कामरेड जुन बिक्रम साहि को घर खाना खाएर त्यस रात त्यही जुन जिसित गफगाफ गरेर त्यस रात त्यही बितायौं।

अर्को दिन नयाँ सालको दिन जुन बिक्रम साहिले राष्ट्रिय जनमोर्चा बाट निर्बाचित प्रदेस सांसद खिम बिक्रम साहिको घर र बोरा गाउंको स्कुलको अवलोकन भ्रमण गराउनुभयो त्यसपछि मिलन हमाल ,निरज बिक्रम साही ,खिम बिक्रम साही,बरुनधोज मल्ल संकर प्रसाद पोख्रेल भएर बुर्तिबाङ बजार तर्फ लाग्यौं।

नयाँ बर्षको दिन मेरो जन्म दिन भएको कारणले दूध बाट बनेको बर्फी खाएर साथीहरुसित जन्म दिन मनाइयो,त्यतिबेलासम्म अर्को साथी तिलक पुन पनि हामी भएको ठाउ बुर्तिबाङ बजारमा आइपुग्नुभयो।

बुर्तिबाङ बजारपछी ढोरपाटनको यात्रामा हामिहरु लागेयौं सहि खोला,बोबाङमा बिगतको बांढिले व्यापक रूपमा बस्तिहरु क्षेतबिक्षेत बनाएको दृश्य देखेर मुटु अमिलो पार्दै करिब तीन घन्टाको जिप यात्रा पछि ढोरपाटन पुगिम खाना खाएर सवै साथीहरूशीत गुरुप फोटो खिचाउंदै ढोरपाटन यत्रा अविस्मरणीय पारियो,ढोरपाटन एउटा बिकसको उत्कृष्ट संभावना बोकेको प्रयटकिय स्थल मात्र न भएर एउटा मनोरम प्राकृतिक स्थल भएको मैले अनुभव गरें ।

बिकासका हिसावले ढोरपाटन अहिपनी अति पछाडी नै परेको देखियो तर बिकासको चरण भने सुरु भएको पाएं ,सरकार र सरोकार बालाहरुले बुर्तिबाङ बजार देखि ढोरपाटन सम्म बाटोपिच गर्न पहल गर्नुपर्ने आवश्यक देखियो।


ढोरपाटनमा अवस्थित उत्तर गंगा मन्दिर छेन्दुङ् गुम्बा लगायतको स्थान अवलोकन गरि सांझ पांच बजेतिर झिवा खोला कामरेड मिलन हमाल ज्युको घर बास वस्ने ठेगान गरि त्यहाँ बाट हिडेयौं।

सहिखोला आएर राष्ट्रिय जनमोर्चाका स्वर्गीय नेता टेक बहादुर घर्ति ज्युको घर पुगिम त्यहां पुगेपछि कामरेड सुनमाया घर्ती ज्यु शीत भेट गरेयौं, उहाँले हामिलाइ चिया नास्ता दिनुभयो भलाकुसारी गरि त्यहाबाट पनि हामी झिवाखोलाको बाटोमा प्रस्थान गरेयौं।

बेलुका करिब नौ बजे पृय साथी कामरेड मिलन हमाल ज्युको घर पुगेयौं मिलन हमाल ज्युको घर पुगेपछि उहाँको परिवारहरु आमा ,हजुर बुवा ,मिलन हमाल जिको मेडम भाइहरु शीत भेटघाट भयो,उहाँहरुले हामिलाई अथितिकै रूपमा राम्रो सत्कार गर्नुभयो ,अर्को दिन बिहानै मिलन हमाल जिकोमा खाना खाएर हामी बुर्तिबाङ तर्फ लाग्यौ, त्यहाँ गएर मेरो साथी तुलसिराम खनाल ,शीत भेट भयो उहाँकोमा पनि चिसो पिएर हिडिम ।

त्यसपछि हामी खार गाउँ कामरेड रुममायजिशीत बिदाबारी भेट गरि चिसो पिएर आफ्नो गन्तव्य प्युठान तिर बाटो लागिम ।

बागलुङ ढोरपाटन यात्रा अविस्मरणीय र रमाइलो लाग्यो यात्राको क्रममा भेट हुनुभएका साथीहरू जुन बिक्रम साही ,मिलन हमाल ,निरज साही ,खिम साही ,लोकेन चन्द ,तिलक पुन लगायतका साथीहरूसितको भेटपनि अविस्मरणीय नै रह्यो ।

फेरि एकपटक ढोरपाटन जाने इक्षा सहित हाम्रो ढोरपाटन यात्रा समाप्त भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal