आइतवार, अशोज २०, २०८१

साथीहरूलाई हात हल्लएर बिदाइ गर्दा भावुक : मिलन हमाल

 

२०७७ सालको चैत्र २८ गते शंकर प्रसाद पोख्रेलको मलाई फोन आयो, प्युठान बाट बरुनधोज मल्ल यहाँ आउंदै हुनुहुन्छ ,नयाँ सालमा बरुनधोज मल्ल र म भएर हजुरको घर आउंदैछम नयाँ सालमा ढोरपाटन जानुपर्छ भन्नुभयो,मैले हजुरहरुलाइ स्वागत छ भनेर भने,उहाँहरु चैत्र ३१ गते हाम्रो घर बस्नेगरी गुल्मिबाट हिन्नुभएछ बेलुका ८:३० बजे झिवाखोला आएर संकर प्रसाद पोख्रेल ज्युले मलाई फोन गरेर आफुहरु झिवा खोला आएको जानकारी गराउनुभयो,त्यसपछि मैले गौतम खाजा पसलमा जानुस म आइहाले भने बरुनधोज मल्ल र संकर पोख्रेल गौतम खाजा पसलमा जुन बिक्रम साही ज्यु संग भेट भएर भलाकुसारी गर्दै हुनुहुन्थ्यो ,मपनि साथिहरुलाइ स्वागत गर्न त्यहाँ पुगे सवैसित सामुहिक फोटो खिचेपछी नास्ता खाएर उहाँहरुलाई जुन बिक्रम साहिले आफ्नो घर लैजाने कुरो भयो,भोलि बिहानै ढोरपाटन जाने सल्लाह गरि त्यस रात हामी त्यहाँ बाट आ आफ्नो गन्तव्य लाग्यौं ,
अर्को दिन नयाँ सालको दिन करिब ८:३० बजेतिर म संकर प्रसाद पोख्रेल ,खिम  साही ,जुन बिक्रम साही, निरज   साही  भएर ढोरपाटन कोलागी निस्कियौं बुर्तिबाङ्ग पुगेर संकर प्रसाद पोख्रेल ज्युको नयाँ सालमा जन्म दिन परेको हुंदा कृष्ण दूध डेरिमा मिठाइँ खाइ उहाँको जन्म दिन मनाएर त्यहाँ बाट थप एकजना साथी तिलक पुन सहित ढोरपाटन तिर हेडिम।

करिब तीन घन्टाको यात्रापछी हामी ढोरपाटन पुगिम र सवै म लगायत सवैसाथिहरुलाइ भोक लाएको हुंदा सामुल होटेलमा खाना खाएर ,सवै साथीहरूले साहुहिक एकल फोटो सेसन चल्यो घोंडा चढेर रमाइलो गरि त्यहाँ बाट हामिहरु महत्त्वपूर्ण ठाउँ छेन्दुङ गुम्बाको लागि यात्रा तय गरेयौं यात्रा निकै उत्साहजनक रह्यो बरुनधोज मल्ल लगायत सवै साथीहरले यत्रालाइ बेला बेलामा रोमान्टिक कुरा गरेर थप उत्साही बनाउने गर्नुभएको थियो।


ढोरपाटनको सुन्दर दृश्य घोडाहरु ,भेडाहरु गाइहरु ढोरपाटनको मैदानमा चरिरहेको देख्न सकिन्थ्यो ,छेन्दुङ गुम्बा पुग्दा निकै रमाइलो थियो साना साना नानिहरु नाचिरहेका थिए ,त्यसमा नानिहरु शीत हामिहरु पनि नाचेर थप रमाइलो गरेयौं साना साना नानिबाबुहरुलाइ संकर प्रसाद पोख्रेलले आफ्नो जन्म दिनको अवसरको उपलक्ष्यमा मिठाई बिस्कुट किनेर दिनुभयो नानी बाबुहरु खुसी भएर हौंसी हौंसी नाचिरहेका थिए।
केहिछिनको रमाइलोगरि हामी गुम्बा बाट उत्तर गंगा मन्दिरको दर्सन अवलोकन गर्न पुगेयौं त्यहाँ पुगेर मनदिरको अवलोकन गरि पांच बजे ढोरपाटन बाट हाम्रो घरको लागि यात्रा तय गरेयौं सहिखोला आएर स्वर्गीय टेक बहादुर घर्तिको घरमा भेटघाट गरि चियापानी पिएर पुन बाटो लागिम करिब दस बजे हाम्रो घरमा सबै साथीहरू पुगिम सवै साथीहरूलाई हाम्रो आमा ,हजुर बुवा ,मेरो मेडम भाइहरु मैलेसमेत न्यानो स्वगत गरियो केहिबेर मिठा मिठा गफ गरेर हामी त्यस रात हाम्रै घर सुतिम ,बिहान बरुन धोज मल्ल र संकर पोख्रेलले घर जाने कुरा राक्ख्नुभयो अनि मैले खान न खाइ जान न मिल्न्व कुरा राखेपछि साथीहरू सवैले खाना खाएर आफ्नो बाटो लाग्नुभयो मैले भावुक भएर उहाँहरुलाइ हात हल्लौंदै बिदाइ गरें यात्रा ऐतिहासिक रुपमा नै अविस्मरणीय रह्यो।

साथिहरुलाई स्वागत गर्दा जति खुसी थिय बिदाइको हात हल्लाउदा मुटु पिरो भैरहेको थियो ।
आसा छ यो यात्रा हाम्रो फेरि कुनैदिन दोहोरिने छ।
मिलन हमाल
धन्यवाद

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?