बुधबार, फाल्गुन ६, २०८२

मल्लरानिका किसानलाई उत्पादन र बिक्रीवितरण आधारमा नगद अनुदान

प्युठान। मल्लरानी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका कृषि पेशामा आबद्ध रहि कृषि जन्य बाली बस्तु उत्पादन गरी बिक्रीवितरण गरेका किसानलाई नगद प्रोत्साहन गरेको छ।

मल्लरानी गाउँपालिकाले बिहिवार पालिका भित्रका १३ जना किसानलाई उत्पादन र बिक्रीवितरणका आधारमा प्रोत्साहन कार्यक्रम अन्तरगत खलंगामा एक कार्यक्रमको बिच प्रोत्साहन स्वरुप अनुदान रकम वितरण गरिएको हो।

प्रोत्साहन रकम वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले किसानहरुलाई हौसला प्रदान गर्न कृषिलाई ब्याबसायीकारण गर्न कृषि पेशामा आबद्ध किसानलाई विक्री वितरणको आधारमा नगद अनुदान दिने योजना अनुसार सहयोग गरिएको बताउनुभयो ।

उहाँले गाउँपालिकालाई कृषि तथा कृषिजन्य बाली बस्तु उत्पादन गरि गाउँपालिकालाई आत्मनिर्भर गराउने तर्फ गाउँपालिकाको सोच रहेकोले सबै किसानलाई उत्साहित भएर उत्पादनमा जोड दिन आग्रह गर्नुभएको थियो। साथै खड्काले किसानले उत्पादन गरेका बालीबस्तुको बजारीकरणमा सहजीकरण गर्न गाउँपालिका सधै तयार रहेको उल्लेख गर्नुभयो।

मल्लरानी गाउँपालिकाले खलंगामा कृषि संकलन केन्द्रको स्थापना गरि संकलन केन्द्र संचालन गर्न मल्लरानी साना किसान कृषि सहकारी संस्थालाई जिम्मेवारी दिएको कृषि शाखा प्रमुख मोती आचार्यले बताउनुभयो।

किसानले उत्पादन गरेका कृषिजन्य बाली बस्तु संकलन केन्द्रमा उपलब्ध गराउने र प्रती किलोग्राम बालीबस्तु नितिमा तोकिए अनुसार रु १० देखि ५० रुपैया सम्म अनुदान प्रदान गरिएको आचर्यले बताउनुभयो।

खलंगामा संचालन संकलन केन्द्र मार्फत कृषि तथा पशुजन्य  कागती, विभिन्न तरकारी,खसीबोका,फलफूल, घिउ, अन्डा संकलन केन्द्र मार्फत थोकमा स्थानीय ब्यापारीलाई बिक्रीवितरण गरिएको सानाकिसान सहकारीका उपाध्यक्ष गिरिराज पौडेलले बताउनुभयो।
सहकारीका अध्यक्ष दुर्गा रानाले गाउँपालिका र सहकारी बिचको सहकार्यमा संकलन केन्द्र संचालन गरेका छौँ केन्द्रलाई आगामी दिनमा सरोकारवाला हरुको सुझावअनुसार ब्यबस्थित रुपमा संचालन गर्न तयार रहेको बताउनुभयो।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal