शनिबार, साउन १२, २०८१

प्रधानमन्त्री अोलि का कारण नेकपा फुटतर्फ गएको हो पुर्व मन्त्री : बिष्ट सुर्य भुसाल

प्रधानमन्त्री अोलि का कारण नेकपा फुटतर्फ गएको हो पुर्व मन्त्री : बिष्ट
सुर्य भुसाल
अर्घाखाँची २०७७फागुन १६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिएर संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बनाउन आग्रह गर्नु भएको छ ।नेता बिष्टले
केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताउदै राजिनामा दिएर मार्ग प्रशस्त गर्न अाग्रह गर्नु भएको हो । गुल्मी जिल्ला को मुसिकोट नगरपालिका वार्ड नम्बर ८ को करिब १ करोडको लगानिमा निर्माण हुन लागेको वार्ड कार्यलय भबनको सिल्यान्यस गर्दै नेता
विष्टले भन्नू भयो ‘प्रधानमन्त्री केपि सर्मा ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन उहाको भनाइ छ ।
विष्टले नेकपाको आधिकारिता प्रचण्ड–माधव समूहमा बहुमत केन्द्रीय सदस्यहरु रहेकाले प्रचण्ड–माधव समूहले नै पाउने बताउनु भयो पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै उहाले निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने दाबि गर्नु भयो । कार्यक्रममा मुसिकोट नगरपालिका का नगरप्रमुख सोमनाथ साप्कोटाले नगरपालिका ले सबै वार्ड कार्यलयहरु निर्माण गर्ने कार्य दुर्त गतिमा अगाडि बढाएको बताउनु भयो उहाले सबै कोसहयोग ले काम अगाडि बढेको बताउदै बिकासमा एक जुट भएर अगाडि बढने बताउनु भयो ।कार्यक्रममा नगरपालिका का उपप्रमुख कमला सर्मा मुसिकोट नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल लगाएतले शुभकामना दिदै सबै जनप्रतिनिधि हरु र कर्मचारी मिलेर मुसिकोटको बिकासमा लागिपरेको बताउदै मुसिकोट ले बिकासमा फड्को मारेको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal