शनिबार, साउन १२, २०८१

अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिकाको भेला सम्पन्न

 

अखिल नेपाल शिक्षक संघ बागलुङको चौथो जिल्ला सम्मेलन “सम्पुर्ण शिक्षक कर्मचारी एक हौओै, शैक्षिक तदर्थवादको विरुद्ध संघर्ष गरौ ,
शैक्षिक गुणस्तर तथा पेसागत अधिकारको लागि संघर्ष गरौ ” भन्ने मुल नाराको साथ २०७८ बैसाख १७ र १८ गते बुर्तिबाङ बजारमा हुँदै छ । यसको तयारी स्वरुप जिल्लाको विभिन्न पालिकाहरुमा शिक्षकहरु बिच भेटवार्ता अन्तरक्रिया तथा सङ्गठन निर्माण कार्य तिब्र रुपमा चलेको बताईएको छ । सोही सिलसिलामा ढोरपाटन नगरपालिकाको तेस्रो नगर भेला २०७८ बैसाख ४ गते शनिवार सम्पन्न भएको छ । उक्त भेलाको उद्घाटन प्रमुख अतिथी अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले व्यानर पढेर गर्नु भएको थियो भने उक्त अवशरमा बोल्दै प्रमुख अतिथी ढकालले जतिसुकै राजनिती तथा सामाजिक परिवर्तन आएपनि शिक्षकहरुको अवस्थामा परिवर्तन नआएको भन्दै शिक्षक हरु आफ्नो हक हित र अधिकारको साथै शैक्षिक सुधारको आन्दोलनमा लाग्न आग्रह गर्नु भयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका बैकल्पिक केन्द्रीय सदस्य गौरीश्वर पाण्डे
अखिल नेपाल शिक्षक संघ बागलुङका सचिव पुष्कर सापकोटा , रा ज मो ढो , न पा अध्यक्ष दिपक थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अखिल नेपाल शिक्षक संघ ढो न पा अध्यक्ष टीका व पुनको अध्यक्षतामा सुरु भएको पहिलो चरणको कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा व भण्डारी , जनजाति सम्मेलनका ओम बुढा लगायतको अतिथ्यता रहेको थियो भने धन व महतको स्वागत मन्तव्य र देबेन्द घर्तीको सन्चालनमा सम्पन्न भएको थियो भने दोस्रो चरणको कार्यक्रम केशव सापकोटा , नन्दराम गौतम , र खुमाकुमारी पाण्डेको अध्यक्षमण्डलबाट अगाडि बढेको थियो भने उक्त कार्यक्रममा नगर स्तरिय
शैक्षिक गतिविधी तथा सङ्गठनको अवस्थाको वारेमा रिपोर्टिङ गरिएको बताएको छ , भने भेलाले पदम छन्त्यालको अध्यक्षतामा १३ पुर्ण ६ सल्लाहकार गरि १९ सदस्यीय अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिकाको समिति निर्वाचित गरेको जसको अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष को साथमा अन्य सदस्यहर क्रमशः सुनमाया घर्ती मगर , चक ब अदै , जुनिला घर्ती , धन ब महत , बिनिता खरेल , बेग ब छन्त्याल सत्यजित चौधरी तुल ब कुमाई देबेन्द्र घर्ती ,खममाया अदै खुमा कुमारी पाण्डे , प्रेमलाल अर्गेजा रहनु भएको छ भने , सल्लाहकारमा दुर्गा भण्डारी, टीका ब पुन , नन्दराम गौतम, दिपक कुमार छन्त्याल , लोकेन्द्र सुनार , केसव सापकोटा रहनु भएको छ भने निर्वाचित समितिलाई
गौरीश्वर पाण्डे , मित्रदत्त ढकाल , पुष्कर सापकोटा रिमा कुमारी छन्त्याल
ओम वुढा लगायतले बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal