शनिबार, साउन १२, २०८१

महानायक राजेश हमाल भुईँमा बसेर कृष्णप्रसादम लिँदै

महानायक राजेश हमाल भुईँमा बसेर कृष्णप्रसादम लिँदै
आइतबार १६ फाल्गुन २०७७

काठमाडौं । महानायक राजेश हमाल एउटा सफल अभिनेताका रुपमा मात्र नभई सरल, बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा समेत नेपाली समाजमा परिचित छन्।

उनी जहाँ जान्छन् त्यस्तै बनिदिन्छन्। त्यसैले त वयस्कदेखि तन्नेरीहरूको बीचमा लोकप्रिय छन् हमाल। मानिसहरूले उनको यही सरल स्वभाव मन पराउँछन्।
महानायक हमाल हिजो (शनिबार) पत्नी मधु भट्टराईसँगै बुढानीलकण्ठ पुगे।
शिवपुरीको फेदमा रहेको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ मन्दिरमा भगवान कृष्णको दर्शनको लागि हमाल सपरिवार पुगेका थिए।
त्यहाँ उनले केही समय बिताए। इस्कोन भक्तहरूसँग हरेकृष्ण महामन्त्रमा रमाए। भगवान कृष्ण र श्रीमद भागवत गीताबारे सुने। दिउसो इस्कोन मन्दिरमै उनले भुईँमा बसेर भक्तजनसँग प्रसाद ग्रहण गरे।
उनले भुईँमा बसेर प्रसाद लिँदै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनको छ। धेरैले उनको सरलताको प्रशंसा गरिरहेका छन्।
इस्कोन नेपालको मुख्यालय समेत रहेको बुढानिलकण्ठमा हरेक हप्ताको शनिवार भजन, कीर्तन लगायतका कार्यक्रम हुँदै आएको छ। कार्यक्रम सकिएपछि त्यहाँ सबैलाई नि:शुल्क प्रसाद बाँड्ने गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal