बुधबार, अशोज २२, २०८२

पत्रकारकाे स्वास्थ्य परिक्षण शुल्कमा छुट

  • प्युठान ।  निमतारा पोलिक्लिनिक विजुवार प्यूठानले जिल्लामा क्रियाशिल पत्रकारको स्वास्थ्य परिक्षणमा छुट सेवा प्रदान गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ प्यूठानको २४ औं स्थापना दिवसको अवसरमा महासंघ र पोलिक्लिनिक विच पत्रकारको स्वास्थ्य परिक्षणमा छुट दिईने गरि संझाैता भएकाे हाे ।

 

ओपिडी सेवामा शस प्रतिशत छुटका  साथै रगत परिक्षण तथा अन्य ल्याव सेवामा २० प्रतिशत शुल्क छुट गर्ने समझदारी भएको हो ।

 

पोलिक्लिनिकको सामाजिक उत्तरदायित्व अन्तरगत पत्रकारहरुको स्वास्थ्य परिक्षणका लागि छुट सेवा प्रदान गरिएको पोलिक्निकका संचालक डा.सुवास जिसिले बताउनुभयाे ।

पत्रकार हासंघमा आवद्ध सदस्य संगै जिल्लामा क्रियाशिल पत्रकारका लागि सेवा उपलव्ध गराउने गरि संझौता भएको पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष श्रीराम भण्डारीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?