शनिबार, साउन १२, २०८१

जनचेतना प्राविको ३६ औं वार्षिकोत्सव सम्पन्न

जनचेतना प्राविको ३६ औं वार्षिकोत्सव सम्पन्न

नवराज परियार, बागलुङ : निसीखोला गाउँपालिका वडा नम्बर ४ ओख्रेनीमा रहेको जनचेतना प्राथमिक विद्यालयको ३६ औं वार्षिकोत्स तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य खिम विक्रम शाहिले विद्यालय हरेक मानिसको भविष्य निमार्ण गर्ने स्थल भएको भन्दै राज्यले यस क्षेत्रमा उचित लगानी गर्नु पर्ने बताए ।अबको शिक्षा व्यवहारिक हुनु पर्ने भन्दै विद्यालयको पूर्वाधार विकासको लागि प्रदेश सरकारको तर्फबाट आफूले उचित सहयोग गर्ने प्रतिबद्धता जनाए ।

निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले स्थानीय तहबाट शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने बताए ।कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष टिकानिधी पौडेल, वडा सदस्य मन बहादुर आचार्य लगाएले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा साबिकको बोहरागाउँ गाविस भित्र रहेका प्राथमिक विद्यालय स्तरीय लोक कृत्य प्रतियोगिता आयेजना गरिएको थियो । सात विद्यालयको सहभागीता रहेको प्रतियोगितामा प्रभा मावी प्रथम, बोहरागाउँ लिटिल रोज बोर्डिङ द्वितीय, चन्द्र बराह प्रावि र जनजिवरा सुशीला मावि तृतीय भएका थिए ।

कार्यक्रममा प्रअ लक्षमण सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकिश्वर भुसालको अध्यक्षता, शिक्षिका कला शर्माको स्वागत र मिलन हमालको संचालनमा कार्यक्रम समपन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal