शनिबार, साउन १२, २०८१

सरकारको गैरजिम्मेवार अनि भ्रष्ट चरित्रप्रति अखिल नेपाल युवक संघको बिरोध

 

काठमाडौँ । अखिल नेपाल युवक सङ्घले सरकारको गैरजिम्मेवार तथा भ्रष्ट चरित्रको तीव्र शब्दमा विरोध गरेको छ ।

महासचिव कृष्णराज पाण्डेको हस्ताक्षरमा २०७८ वैशाख २३ गते जारी प्रेसवक्तव्यमार्फत युवक सङ्घले सरकारको यस्तो प्रवृत्तिको विरोध गरेको हो ।

देशमा कोरोना महामारी चलिरहेका बेला कालोबजारी, महङ्गी, नाफाखोरी, कमिसनखोरीजस्ता प्रवृत्ति व्यापक भएकोमा सरकारले त्यसका दोषीउपर कारबाही गर्न नसकेको भन्दै युवक सङ्घले वक्तव्यमार्फत सरकारको विरोध गरेको छ ।

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने दोषीमाथि कारबाही गर्न माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

“अहिले देशमा कोरोना महामारीले जनता रोग, भोक, शोकले पीडित छन् । देशमा राज्य छ वा छैन ? कुनै अनुभूति जनतालाई छैन ।

कालोबजारी र महङ्गीले रात तीनगुना, दिन चारगुना वृद्धि भएको छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा कोरोनाको उपचारको नाममा केही निजी स्वास्थ संस्थाले ठुलो रकम असुलेको समाचार आएका छन् । तर तिनिहरूमाथि कुनै कानुनी कारबाही गरिएको छैन, बरु यी नाफाखोरसँग राज्य मिलेको हल्ला बजार छ ।

पिसिआर परीक्षण नाम मात्रको छ । कोरोना समुदाय स्तरमा तीव्र रूपमा फैलिएको छ । खोप कमिसनको खेलमा राज्य आफै सहभागी भएको र कमिसन नमिलेर खोप आउन नसकेको कुरा आइरहेछ । सरकारी अस्पतालमा अक्सिजन छैन । बिरामीलाई राख्ने बेड छैन । अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ ।

यो विषम परिस्थितिको सामना गर्न राज्यसँग कुनै नीतिगत योजना देखिँदैन, बरु राज्य आफ्नो सत्ता जोगाउन र भ्रष्टाचार र कमिसन लिप्त देखिएको छ । सरकारको गैरजिम्मेवार जनताप्रति उदासिन भ्रष्ट चरित्रलाई संस्थागत गर्न जुन काम सरकार र सरकारको संरक्षकबाट भएका छन् । त्यसको तीव्र शब्दमा विरोध गर्दछौँ ।

हामी केपी ओली सरकारलाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न तथा यस्तो बेलामा मौलाएको भ्रष्टाचार, कमिसनतन्त्र र उपचारको नाममा निजी स्वास्थ संस्थाबाट भएको लुटतन्त्रका लागि दोषी पक्षमाथि कानुनी कारबाही गर्न माग गर्दछौँ ।”युगदर्सन बाट 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal