आइतवार, असार ३, २०८१

भोली मालिकले जे भन्छन दासहरु पनि त्यही भन्छन। दिनलाई रात रातलाई दिन भने पनि साॅचो यहि भन्छन

प्रेम गायक बागलुङ                                                                                                     हिजो उ क्यान्सर हो भन्नेहरु
आज उ संसार हो भन्न थाले।

हिजो उ धमिरा हो भन्नेहरु
आज उ भमरा हो भन्न थाले।

हिजो उ जिरो हो भन्नेहरु
आज उ हिरो हो भन्न थाले।

हिजो उ पिलो हो भन्नेहरु
आज उ साहशिलो हो भन्न थाले।

हिजो उस्लाई केटो देख्ने हरु
आज उस्लाई नेतो देख्न थाले।

हिजो स्वच्छचारी भन्नेहरु
आज बिवेककारी देख्न थाले।

हिजो भस्मशुर भन्नेहरु
आज ईमन्दार भन्न थाले।

हिजो मालिकले कचडा हो भनिदीए
यिनीहरुले पनि अंहो भने।
आज मालिकले मह हो भनिदीए
यिनीहरुले त्यही खाॅदै अंहो भने।

भोली मालिकले जे भन्छन
दासहरु पनि त्यही भन्छन।
दिनलाई रात रातलाई दिन भने पनि
साॅचो यहि भन्छन।

न यिनको सोच्ने शक्ति छ
न आफ्नै बिवेक।
जे भनेनि अं अं भन्न
खाएका छन निमेक।

त्यसैले त उनले जे भने
यिनले पनि त्यही भने।
उनले गलत हो भन्दा गलत भने
त्यसैलाई सहि हो भन्दा पनि सहि भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?