शनिबार, साउन १२, २०८१

के सुनाउ ब्यथा ?

धुर्ब गिरी

एर्पोटको सुन ट्याक्सीमा जादा घटेर कम हुने
पक्राउ पर्ने मालिक हैन भरिया दाइ पर्ने
के सुनाउ ब्यथा अन्याय हावी न्यायलाई मार्दिने
बनेर संसद मन्त्री र नेता मानव नै बेच्दिने

सम्पत्ति छैन बिचरा मन्त्री मालिक छन श्रीमती
पजेरो चढी महलमा बसी दुई आना सम्पत्ति
देशलाई लुटे मानिस नै बेचे जनताको बिपत्ति
उपचार छैन शिक्षा नै हैन नागरिक कै आपत्ति

उद्योग बेछे कारखाना बेचे ब्यापार छ शिक्षामा
धन छ पढ उपचार गर छैन काम स्वदेशमा
बनाउ पासपोर्ट लगाउ भिसा युवा जाउ बिदेशमा
मलामी छैनन् जन्ती नि चाहिन्न सुनसान छ गाउमा

मुल नीति हुने राजनीति आज छलनीति भएर
युवाजती बिदेश गए बेरोजगार भएर
बृद्दबालक बनिता मात्रै गर्छौ के बसेर
बिद्रोह गरौं नबसौ अब अन्याय सहेर ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal