बुधबार, फाल्गुन ६, २०८२

सामन्त अब फर्किदैनन्

जनतालाई बोकाएर गाडी लिएर सवार गर्ने
मनलागी तालुकदार खटाएर पोत असुलेर
जनताको पसिनामा रमाउदै पौडने तिनी
सामन्त मरिसके बुख्याचा भए फर्कदैनन्

हेर त नारायणहिटी कस्तो अलिशान रहेछ
रानीको बगैंचा अनि राजकुमारका खेलौना
अतिथि अनुसारका सयन कक्ष कुन स्रोतले बने
सामन्त अब भुत बनिसके तिम्रो चाजले फर्किदैनन्

मन परेको मान्छेलाई मौजा दिन्थे बक्सिस बाड्थे
उनको कुकर्मको बिरोध गरे देशनिकाला र फाँसी दिन्थे
चाकडी चाप्लुसी गर्नेको मालामाल गरिदिन्थे
सामन्त नेटो काटिसके तिम्रो रोदनले फर्किदैनन्

धेरैको रगतले साटिएको ब्यवस्थामा धावा बोल्न नखोज
व्यवस्था हाक्नेको कमजोरीलाई कारण बनाउन नखोज
पात्र परिवर्तन हुनसक्छ तर खोला थुनेर उभो बगाउन नखोज
सामन्त अब प्रेत बनिसके तिम्रा स्वार्थ पूरा गर्न फर्किदैनन् ।

(लेखक प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal