बिहिबार, जेष्ठ ७, २०८३

चेतनाको दियो बालौ

रिमा छ्न्त्याल

नारी सबै एकजुट बनौं भन्ने हाम्रो चाहना
नयाँ तीजको सबैलाई सुभकामना।।

आधा आकाश आधा धर्ती ओगटेका नारी हो
अनेक दुख कष्ट सहि जिउने हामी हो।।

बिकृती र बिसङ्गतीलाई हामी अन्त्य गरौं
छाडा अश्लील गीत गाई बदनाम नगरौं ।।

अन्धकारमा दबिएका नारी अब उथौ
चेतनाको दियो बाली अधि बढऔ।।

कोक्रो हल्लाउने हातले सन्सार हल्लाउनु छ
महिला मुक्ती आन्दोलनको ज्वाला बाल्नु छ।।

हाम्रो हक अधिकार सम्बिधानमै सिमित भो
व्यबहारमा लागू हुने अब कहिले हो।।

संविधानमा लेखिएको हाम्रो हक अधिकार
कार्यान्वयन गरेर देखाउ सरकार ।।

गाउँ गाउँ बस्ती बस्ती छरिएका नारी हो
महिला हिंसा अत्याचार अन्त्य गरौन।।

आत्मनिर्भर बन्नुपर्छ मिहिनेत गरेर
समानताको आवाज उठाऔ एकजुट भएर।।

पश्चिमा छादा सस्कृती बन्द गर्नु पर्दछ
सुन्दर र सभ्य समाज निर्माण गर्नुछ।।

अन्धकारमा पिल्सिएका हाम्रा दिदिबहिनी
अब हामी न उठे मा आउन्न बिहानी ।।

सन्सारका नारीले गरे धेरै चमत्कार
यो गितको अन्त्य भयो सबलाइ नमस्कार ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal