शनिबार, साउन १२, २०८१

सत्यलाइ अंगिकार गरौं :जिबन पराजुली

एउटै कोखको मूल्य तोक्यौ

जब तेइ एउटै बिचारको
कोखमा जन्म लियौं
उहि एउटै पाठहरु पढ्यौं
संगै जिउने संगै मर्ने
बाचा कसम संकल्प गर्यौं।
अनि फेरि केको कुण्ठा
केकोलागि त्यो रिस र राग
जबकि दुस्मन माथि पो‌
हुनुपर्ने थियो हाम्रो वार
कस्तो बिडम्बना हो यो !
आफ्नै घरभित्रै प्रहार.?
एक अर्कोमाथि गंम्बिर
आरोप र प्रति आरोप
आखिर केकालागि …?
हो त त्यो रिस र राग !
कुण्ठै कुण्ठले भरिएका
शब्दै शब्दका वार…?
एस्ले कलाइ के फाइदा
होला र खै? आखिर
हुनेछ यो सबै बेकार।
तेसैले अब गंम्बिर बनौं
एकले अर्कोलाई बुझौं
मिलेर आत्म समिक्षा गरौं
गलतलाइ त्यगौं र
सत्यलाइ अंगिकार गरौं।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal