शनिबार, साउन १२, २०८१

निश्काशित व्यक्तिहरुले चलाएका भ्रममा नपरौं : दुर्गा बहादुर केसी

नयाँ दिल्ली, १ जुन । संगठनबाट निश्काशित कतिपय व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत संगठनको नाम लिई गरेको गतिविधिहरुबाट भ्रममा नपर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अनुरोध गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीद्वारा हस्तारित विज्ञप्ती मार्फत जारी गरिएको उक्त विज्ञप्ती मार्फत संगठनका नेता, कार्यकर्ता, साधारण सदस्य, समर्थक–शुभचिन्तक एवं नेपाली दाजुभाई दिदी बहिनीहरुलाई लगायत विभिन्न राजनीतिक, सामाजिक, संघ संस्था, पत्रकारहरु समेतलाई त्यसप्रकारको भ्रममा नपर्न अनुरोध गरिएको हो ।
प्रेस वक्तव्यमा लेखिएको छ ः
“सामाजिक सञ्जाल फेसबुकमा “मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको भारत स्तरीय भर्चुवल जेनेरल प्रशिक्षण ३० मई २०२१” भनि महेन्द्र बस्यालको एकाउण्टबाट स्टाटस र भर्चुवल कार्यक्रमको फोटाहरु पोष्ट भएको छ । उक्त स्टाटस माथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको छ । त्यसबारे स्पष्ट गर्नका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको दिनांक २०–२१ मार्च २०२१ मा बसेको नवौं बैठकले देब बहादुर लामिछाने र महेन्द्र बस्यालले सांगठनिक अनुशासन उल्लंघन गरेकाले वहाँहरु दुबै जनालाई केन्द्रीय समिति, क्षेत्रीय समिति तथा संगठनको सबै तहका समिति, विभागीय जिम्मेदारी र साधारण सदस्यबाट समेत हटाइएको जानकारी पहिले नै सार्वजनिक भइसकेको छ । साथै, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका उमानन्द आचार्य, पूर्णप्रसाद सुवेदी (प्रेम सुबेदी), दयाराम खनाल लगायत कतिपय कार्यकर्ताहरुलाई पनि साधारण सदस्य समेत नरहने गरि संगठनबाट पहिले नै हटाइएको थियो । तर वहाँहरु स्थानीय समितिमा भएको कारणले केन्द्रबाट सार्वजनिक गरिएको थिएन । अहिले देव बहादुर लामिछाने र महेन्द्र बस्याल लगायतका व्यक्तिहरु जो संगठनको साधारण सदस्य समेत छैनन्ले उनीहरुलाई प्रयोग गरिरहेका छन् । संगठनबाट निश्कासित व्यक्तिहरुले हाम्रो संगठनको नाम प्रयोग गरि प्रशिक्षणको नाममा गुटबाजी गर्ने र आम कार्यकर्ता तथा सर्वसाधारणहरुलाई भ्रमित पार्ने प्रयत्न गरेका छन् । उक्त कार्य अनैतिक तथा निन्दनीय हो ।
हामी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता, कार्यकर्ता, साधारण सदस्य, समर्थक–शुभचिन्तक एवं नेपाली दाजुभाई दिदी बहिनीहरुलाई लगायत विभिन्न राजनीतिक, सामाजिक, संघ संस्था, पत्रकारहरु समेतलाई उनीहरुले फैलाएको भ्रममा नपर्न अनुरोध गर्दछौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal