बुधबार, फाल्गुन ६, २०८२

घर भत्किएर ज्यान गुमाएका मल्ल परिवारलाई आर्थिक सहयोग

 

प्युठान
जिल्लाको नौबहिनी नगरपालिका – १, स्याउलिबाङमा घर भत्किएर ज्यान गुमाएका मल्ल परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

पिडित परिवार लाई कोभिड विरुद्ध नागरिक अभियान प्युठान का अभियन्ता तथा नेपाल स्वतन्त्र युवा समाज का संयोजक जिबन खनाल को नेतृत्व मा आर्थिक रकम संकलन गरि कुल ६५०४७ (पैसठ्ठि हजार सत्चालीस) रुपैया नौबहिनी गाउपालिका प्रमुख शिव रिजाल को रोहबर मा अभियन्ता जिबन खनाल ले हस्तान्तरण गर्नु भएको छ ।

गत जेठ ९ गते घर भत्किदा च्यापिएर घरमै सुतिरहेका बोम बहादुर मल्ल उहाँकी श्रीमती र छोरा गरि ३ जनाको ज्यान गएको थियोे ।

बाबुआमा गुमाएका १५ बर्षीया कुमारी मल्ल ६ कक्षामा पढ्छिन। उनका बहिनिहरु १२ वर्षिय करिश्मा, ९ वर्षिय गंगा र ७ वर्षिय सपना क्रमशः ३ ,२ र १ कक्षामा अध्यनरतछन्। आर्थिक स्थिति कमजोर र परिवार चलाउने अभिभावकको मृत्यु भएपछि यी चार बहिनी अहिले बेसहारा भएका थिए,वहिनी पाल्ने र पढाउने जिम्मेवारी कुमारीको कांधमा रहंदै आएको छ।
काख रित्तिएका उनिहरुलाई गाँस, बास, कपास र पढाइसंगै माया ममताको खाँचो रहेको जीवन खनालले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal