मङ्लबार, बैशाख ११, २०८१

ए साथी”

 

रचना- जुना भन्डारी चालीसे(मालिका गाउपालीका ६)
हाल भारतचंडिगढ

ए साथी बाटो बिरायौ
अन्धकार तिर दौडदै।
पथ बिचलित यात्रामा
ए साथी कता हो दौडदै।।

न छोडे न राम्रो बाटो
साथी तीमी एक्लै हुन्छौ‌।
हिजो सँगै हिड्ने
आज किन प्रहार गर्छौ।।

संगै हीड्दा तीम्लाई पनी
लाग्थ्यो बाटो सही थीयो।
आज तीम्लाई एसो हेर्दा
कसैले कान भरीदीयो।।

पक्कै तीम्लाई थाहा छ
बाटो सारै अप्ठ्यारो छ
सत्यबाटो हजार कांडा
झेल्दै हामी हीड्नु पर्छ।।

संगै हिडन पीर परेमा
डाको छोडी रून्थ्यौ।
हाम्रो नाता अजम्बरी
भन्दै आफै हिड्थ्यौ।।

आज तीमी चीच्चाएर
रुन पनी सक्या छैनौ।
तिम्रो गाली सुन्दा लाग्छ
पक्कै तीमी मीत्र हैनौ।।

गल्ती गरे बा ले पनी
लाउथे सीस्नो पानी।
फेरी गल्ती नगरेस है
भनी पिट्ने बानी बानी।।

सही बाटो देखाउदा
कैले नाता तोडीएन।
सीस्नो पानी लाएपनी
ए बा भन्न छोडीएन।।

यो घरमा छ अनुशासन
अन्यायको बिरोध हुन्छ।
बाटो छोडी जानेले त
षढयन्त्र र जालै बुन्छ।।

जानी जानी तिम्ले पनी
कुन बाटो रोज्या छौ र ?।
मानो देउ मुरी दीम्ला
भन्ने साथी खोज्या छौ र ?।

मार्क्सवाद लेनिनवाद
माओविचारधारा भुल्यौ।
के पुगेन र साथी तीमी
राम्रो, हाम्रो यात्रा भुल्यौ।।

गल्ती भय गर्नु पर्छ
आत्मआलोचना पनी।
कस्ले तीम्लाइ भनिराछ
ठुलै पद दिन्छु भनी ?।।

जती जहाँ भए पनी
नानाथरी अन्यपाटी।
खारिएका मात्र यहाँ
बस्न सक्ने संगी साथी।।

बिचबाटोमा अलमलीदै
तीमी कीन टाढा गाछौ।
अरुलाई गिराछु भन्दा
तीमी आफै गिरीराछौ।।

अझै पनि बिचार गर
गलत बाटो नलीए है।
मेरो सानो कबीतालाई
फेरी गाली नदीए है।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?