शनिबार, साउन १२, २०८१

नेपाल शिक्षक महासंघ प्युठानको अन्तरकिर्या कार्यक्रम सम्पन्न

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशित आन्दोलन को कार्यक्रम अनुसार आन्दोलन परिचालन समिति प्युठानको आयोजनामा आज असार २६ गते प्युठान जिल्लाका राजनैतिक दलका नेतृत्वसङ अन्तरक्रिया सम्पन्न भयो ।
महासंघ जिल्ला अध्यक्ष शेर बहादुर थापाको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्णबहादुर खड्का, ने.क.पा.एमालेका टंकबहादुर खड्का , नेपाली काङ्ग्रेसका सचिब देबेन्द्र बर्म्हा र माओवादी केन्द्रका अध्यक्ष कृष्ण अधिकारीको उपस्थिति रहेको थियो । महासंघ जिल्ला सचिब जानका के.सी.ले सन्चालन गरेको कार्यक्रममा अध्यक्ष शेरबहादुर थापाले आन्दोलन सम्वन्धी जानकारी गराएपश्चात सबै दलका प्रतिनिधि तथा नेतृत्वले शिक्षकका मागहरू जायज भएकोले सबै माग पूरा गराउन तीनवटै तहका सरकारलाई आफ्नो क्षेत्रबाट दवाव दिने भन्दै सबै प्रकारका जनशक्ति निर्माण गर्ने वर्ग नै शिक्षक भएकोले शिक्षकलाई आन्दोलनमा जान बाध्य पार्ने होइन उचित सम्मान गर्नुपर्ने धारणा राख्दै अब लगत्तै स्थानीय तहमा आउने कोभिड विरुद्ध को खोप प्युठान जिल्लाका सबै स्थानीय तहले शिक्षकलाई प्राथमिकतामा राखी लगाउनुपर्ने सो को लागि स्थानीय तहमा दवाव दिने प्रतिबद्धता जाहेर गर्नुभयो । सामाजिक दुरी कायम गरि प्रतिनिधिमुलुक उपस्तिथिमा बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखोलामा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal